विराटनगर– विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले दिएको शून्य अंकको विषय संसदमा जोडदार ढंगले उठेको छ । उनलाई हटाएमा आन्दोलन गर्ने चेतावनी समेत सांसदहरुले दिएका छन् । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्राधिकरणलाई निरन्तर नाफामा लगिरहेको बेला उनलाई बारम्बार स्पष्टीकरण सोध्ने मात्र नभएर शून्य नम्बर दिनु सरकारको के नियत हो ? भनेर प्रश्न गरे ।
६ महिनामा ११ अर्बभन्दा बढी नाफा कमाएको संस्थाको एमडीलाई स्पष्टीकरण सोध्ने मात्र नभएर कार्यमूल्यांकनमा शून्य अंक दिनु दुर्भाग्यपूर्ण भएको बताए । सरकारले बिचौलियाको पक्ष लिएको आरोप लगाए । उनले यस्तो कार्य नगर्न खबरदारीसमेत गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले एउटा कुलमानलाई लखेटे हजार कुलमान लिएर आउने चेतावनी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले कुलमानलाई हटाए सदन र सडकमा आन्दोलन गर्ने बताए ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares