काठमाडौँ– सोलुखुम्बुस्थित सगरमाथा क्षेत्रमा बुधबार बिहान ठूलो हिमपहिरो गएको छ । यस हिमपहिरोले सगरमाथा आरोहण मार्गमा क्षति पुर्याएको छ ।
पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थीका अनुसार बेस क्याम्प र प्रथम क्याम्प बीचको मार्गमा हिमपहिरो गएको हो । यसले चार वटा भर्याङ र चढ्ने डोरीहरू पुरिएको छ । हिमपहिरोले क्षति पुर्याएपछि सगरमाथा चढ्ने कार्य केही दिनका लागि स्थगित गरिएको उनले बताए।
अवस्थीले भने, ‘हामी पर्ख र हेरको अवस्थामा छौं । त्यस क्षेत्रमा अहिले पनि ३५ किलोमिटर प्रतिघन्टाको हावा चलिरहेको छ । सबै कुरा सामान्य भएपछि मात्रै अन्य विषयमा निर्णय लिन्छौं ।’
सामान्यतया सगरमाथा आरोहण सिजनको मध्यमा यस्तो हिमपहिरोले आरोहीहरूको गतिविधिमा बाधा पुर्याउने गर्दछ । यो घटनाले आगामी दिनहरूमा सगरमाथा आरोहणमा थप चुनौतीहरू सिर्जना गर्न सक्ने अनुमान गरिएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताचुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares