सुनसरी– धरान उपमहानगरपालिका–२० बाट हवाई फायर गरी लागूऔषध गाँजा ओसारपसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी नगरपालिका–९ का ४३ बर्षीय हरि कुमार राईलाई पक्राउ गरेको हो ।
गएराती १ बजे लागूऔषध गाँजा ओसारपसार भईरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट घटनास्थलतर्फ प्रहरी टोली खटिएको थियो । विष्णुपादुकाबाट रेल्वेतर्फ जंगलको बाटोबाट शंकास्पद अवस्थामा भारी बोकी आउँदै गरेका व्यक्तिहरुमाथी प्रहरीले ३ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीले हवाई फायरपछि अन्य व्यक्तिहरु भाग्न सफल भए पनि राईलाई पक्राउ गर्न सफल भएको हो । घटनास्थलबाट प्रहरीले २ सय २५ किलो गाँजा भएको ९ वटा भारी बरामद गरेको र उक्त गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्यसँगै अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताचुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares