काठमाडौँ — नेपालको सडकमा हालैका दिनहरूमा देखिएका विद्युतीय सवारी साधनहरूको अन्तर्राष्ट्रिय चर्चा अत्यधिक बढेको छ । अन्तर्राष्ट्रिय मिडियाले लगातार नेपालमा विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेहिकल, ईभी ) को प्रयोग र विस्तारको समाचार प्रकाशित गर्दै आएका छन् ।
कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा ईभीको क्रान्तिलाई भारतले गरेको नाकाबन्दीको एक प्रमुख कारणको रूपमा देखेका छन् । नेपालले २०७२ मा संविधान जारी गरेलगत्तै भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । यससँगै पेट्रोलको मूल्य ५०० रुपैयाँसम्म पुगेर ‘अवैध मार्ग’ बाट ल्याउनु पर्ने अवस्था आएको थियो । यस संकटले नेपालमा विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहन दिन थाल्यो । सरकारको प्राथमिकताले र ग्राहकलाई दिइने सहुलियतहरूले यसको विस्तारलाई गति दिएको हो ।
अप्रिल ४, २०२५ मा काठमाडौँबाट पिट प्याटिसनले द गार्जियनमा लेखेको एक समाचारमा नेपालमा ईभीको सकारात्मक प्रभावको चर्चा गरेका छन् । उनको अनुसार नेपालमा २०२३–२४ मा चारपांग्रे सार्वजनिक सवारी साधनहरूको ७० प्रतिशतभन्दा बढी विद्युतीय भएको उल्लेख गरिएको छ । यो संख्या विश्वकै सबैभन्दा उच्च रहेको बताइएको छ ।
नेपालमा ईभीको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२०–२१ मा २ सय ५० वटा मात्र ईभी आयात भएका थिए भने २०२३–२४ मा यो संख्या १३ हजारभन्दा बढी पुगेको तथ्यांकले प्रमाणित गर्छ । सरकारले सन् २०३० सम्म निजी विद्युतीय सवारी साधनहरूको ९० प्रतिशत र चारपांग्रे सार्वजनिक सवारी साधनहरूको ६० प्रतिशत विद्युतीय बनाउन महत्वाकांक्षी लक्ष्य तय गरेको छ ।
काठमाडौँ जसको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० देखि २० गुणा बढी छ, विद्युतीय गाडीहरूको बढ्दो लोकप्रियताले वायु प्रदूषणको स्तर घटाउने ठूलो सम्भावना बोकेको छ । नेपालमा विद्युतीय ऊर्जा प्रायः जलविद्युतबाट उत्पादित भएकोले ईभीको प्रयोग वातावरणीय दृष्टिले पनि अनुकूल छ ।
चिनियाँ कम्पनी बीवाईडीका कारहरूको आकर्षक डिजाइन र सस्तो मूल्यले नेपाली बजारमा ईभीको लोकप्रियता बढाएको छ । तर ईभीको लोकप्रियता बढे पनि प्रदूषण फैलाउने डिजेल बस र ट्रकहरूको पूर्ण रूपान्तरण नहुँदासम्म यसको पर्यावरणीय प्रभाव सीमित रहने बताइएको छ ।
बीबीसी हिन्दी र एपी जस्ता अन्तर्राष्ट्रिय मिडियाले पनि नेपालमा ईभीको विस्तारलाई प्रमुख विषय बनाएका छन् । यी समाचारहरूले चिनियाँ कार निर्माता कम्पनीहरूको बढ्दो दबदबा र ईभीको बिक्रीमा भएको बृद्धि विशेष रूपमा चर्चा गरेका छन् । नेपालको प्रचुर जलविद्युत् स्रोत र ऊर्जा पहुँचले यसका लागि थप सम्भावना खोलेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ईभीको प्रयोगले वार्षिक २२ मिलियन डलर पेट्रोलियम आयात खर्चमा कमी ल्याएको छ ।
नेपाल अब आफ्नो जलवायु परिवर्तन कम गर्ने राष्ट्रिय प्रतिबद्धतामा सन् २०२५ सम्म कुल कार बिक्रीको २५ प्रतिशत र सन् २०३० सम्म ९० प्रतिशत विद्युतीय सवारी साधन पु¥याउने लक्ष्य राखेको छ । नेपालको ईभी क्रान्ति मात्र प्रदूषण र पेट्रोलियम पदार्थको आयात घटाउन मद्दत पु¥याउने होइन, यसले थप हरित ऊर्जा र हरित अर्थतन्त्रको निर्माणमा पनि योगदान पुर्याउने आशा गरिएको छ ।
अर्थ/वाणिज्य
राजनीतिक हस्तक्षेप र उमेर हद हटाउने संशोधनमाथि सर्वोच्चको लगाम : गभर्नर नियुक्तिमा निष्पक्षता खल्बल्याउने चिन्ता
सञ्चालकहरूलाई कैद र जरिवाना, पीडितलाई रकम फिर्ता हुने मार्ग खुल्यो
पहिलो प्रदेश लगानी सम्मेलन कोशीमा हुँदै
द नेप्लिज संवाददातासर्वसाधारणको १ करोड २ लाख रुपैयाँ अरुको खातामा
जितेन्द्र साहभरिया कुसाङ लामा थुनामा, मुख्य नाइके नारायण पौडेल फरार
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares