विराटनगर– जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी र आपराधिक विश्वासघातको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर जिल्ला प्रहरी परिसरमा दर्ता भएको जाहेरीका आधारमा सप्तरीको राजविराजबाट यादवलाई पक्राउ गरिएको हो । सप्तरीका प्रहरी प्रमुख (एसपी) ढकेन्द्र खतिवडाका अनुसार ललितपुर प्रहरीको अनुरोधमा यादवलाई नियन्त्रणमा लिइएको हो ।
‘ललितपुर प्रहरीको पत्रको आधारमा उहाँलाई पक्राउ गरिएको हो,’ एसपी खतिवडाले भने, ‘अब अनुसन्धानका लागि ललितपुर पठाइनेछ ।’ ललितपुर प्रहरीले जनमत पार्टीका कोषाध्यक्ष यादवमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी उजुरी दर्ता भएको पुष्टि गरेको छ ।
घटनासँग सम्बन्धित थप विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन । यादव सँग सम्बन्धित यो घटनाले संघीय संसदमा प्रतिनिधित्व गर्ने नयाँ दलका पदाधिकारीहरू समेत कानूनी कारबाहीको दायरामा पर्ने अवस्था रहेको देखाएको छ ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares