विराटनगर– मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न ठाउँबाट लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका ५ मा जाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका १ का ३० वर्षीय तोयनाथ बास्कोटा, २२ वर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यस्तै, पाँचथर फिदिम नगरपालिका–४ का २० वर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको बेलबारी नगरपालिका ११ मा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरी टोलिले जाँचको क्रममा सुन्दरहरैँचा ११ का ३५ वर्षीय फिरोज राईलाई ६९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानीले जाँचको क्रममा उर्लाबारी ७ का २३ वर्षीय अशोक भुजेललाई ६० एम्पुल प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका ८ बाट इलाका प्रहरी कार्यलाय भण्टाबारीले सप्तरी कञ्चनरुप नगरपालिका ७ का २६ वर्षीय राजन ठाकुरलाई स्पासमो प्रोक्सिभोन ३२ क्यापसुल निटजास्क्यान ९ ट्याब्लेट र गाँजा ५० ग्रामसहित पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले धरान ५ का ५३ वर्षीय प्रेम बहादुर लिम्बु, १९ वर्षीय निकेश लिम्बु, १९ वर्षीया रेजिना खत्री, १९ वर्षीय सुर्य लिम्बुलाई ट्रामाडोल ३ हजार २ सय ९० ट्याब्लेट, स्पासपेन ६ सय २ चक्कीसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताले जाँचको क्रममा त्रियुगा नगरपालिका १२ का २६ वर्षीय ललित चौधरी र २५ वर्षीय बिदायक राईलाई लागूऔषध ३० एम्पुलसहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय कटारीले धनुषाको धनुषाधाम ५ का ३५ वर्षीय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा १ का ४० वर्षीय दिलिप भुजेललाई टापेन्डाडोल २५१०, स्पास्पेन २४६० र क्याफ डि ३२० ट्या्ब्लेटसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगापालिका १२ का २२ वर्षीय अर्जुन रोक्कालाई ६९ थान ट्याब्लेटसहित पक्राउ गरेको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares