विराटनगर– संघीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार जारी गरेको चार बुँदे आदेशमा आन्दोलनरत शिक्षकहरूको संविधानसम्मत माग तत्काल सम्बोधन गर्दै पठनपाठनको वातावरण बनाउने निर्णय गर्न सरकारलाई निर्देशन दिइएको हो ।
अदालतले कक्षा १२ को परीक्षा सार्न नपाइने स्पष्ट आदेशसमेत दिएको छ । शिक्षा ऐन जारी गर्नेलगायतका माग राख्दै शिक्षकहरूले गत चैत २० देखि काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । आन्दोलन चाँडै समाधान नहुनुका कारण देशभरका लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अधिवक्ता युगलचन्द्र चौधरीले चैत १० मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा आन्दोलनका कारण कक्षा १२ को परीक्षा प्रभावित हुन सक्ने तथा विद्यार्थीहरूको शिक्षाको मौलिक हकमा गम्भीर असर परेको उल्लेख गरिएको थियो । सर्वोच्च अदालतले उक्त रिटमा सुनुवाइ गर्दै सरकारलाई तीन दिनभित्र उचित निर्णयमार्फत शिक्षकलाई विद्यालय फर्काउने र विद्यार्थीलाई समयमै पढ्ने वातावरण सुनिश्चित गर्न निर्देशन दिएको हो ।
शिक्षा/प्रविधि
प्रधानाध्यापकद्वारा अभिभावक तथा विद्यार्थीलाई चिठी
सन्तोष पोख्रेलदेशभर सामान्यतः मौसम सफा, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
नेपालमा ३९७ हिउँचितुवा
द नेप्लिज संवाददातारघुजी पन्तले शिक्षामन्त्रीको शपथ लिए
द नेप्लिज संवाददातापूर्वाञ्चल विश्वविद्यालयले कलेज अफ ल मा सुरु गरे स्नात्कोत्तर
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares