१० वैशाख २०८२, बुधबार 23 Apr 2025, Wednesday

देशभर सामान्यतः मौसम सफा, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

१० वैशाख २०८२, बुधबार

Advertisement

काठमाडौँ — स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभावका बाबजुद आज (बुधबार) देशभर सामान्यतः मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम मात्रामा वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ भने बाँकी प्रदेशहरूमा मौसम सफा रहनेछ । त्यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहन सक्नेछ भने अन्य क्षेत्रको मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ ।

प्रकाशित : १० वैशाख २०८२, बुधबार 06:56
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved