विराटनगर– नेपाल पत्रकार महासंघ मोरङले एक लाख एक सय राशीको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
महासंघले २५ हजार २५ राशीको षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
पत्रकार महासंघको कार्यसमितिको शुक्रबार बसेको बैठकले उक्त पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठकले बताइन् ।
उनले प्रेस स्वतन्त्रता दिवसको अवसरमा ६० वर्ष उमेर पूरा गरेका बरिष्ठ पत्रकारलाई सम्मान गर्ने, महासंघले वार्षिक क्यालेन्डर प्रकाशनका लागि रेवतीरमण निरौलाको संयोजकत्वमा बाबुराम निरौला र मुकेश यादव सदस्य रहने गरी समिति गठन गरिएको बताइन् ।
बैठकले नेपाल पत्रकार महासंघ मोरङको पूर्वउपाध्यक्ष शरदराज सुवेदीकी आमा मीना सुवेदी र पूर्वकार्यसमिति सदस्य विजयहरी खतिवडाकी आमा देवधारा खतिवडाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares