काठमाडौँ — नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको छ । सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई यो जिम्मेवारी तोकेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम उनलाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
उनी २०७७ को फागुन २५ मा राष्ट्र बैंकको इतिहासमा पहिलो महिला डेपुटी गभर्नरका रूपमा नियुक्त भएकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अष्ट्रेलियाको वोलोङ्गोङ विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मेवाड़ विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेकी छिन् ।
उनले राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुखको रूपमा अनुसन्धान, विदेशी विनिमय व्यवस्थापन लगायतका महत्त्वपूर्ण विभागहरूमा काम गरिसकेकी छिन् । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ मा समाप्त भएको थियो । नयाँ गभर्नर नियुक्त गर्न मन्त्री पौडेलको संयोजकत्वमा समिति गठन गरिएको भए पनि सोमबारसम्म सिफारिस भइसकेको छैन ।
अर्थ/वाणिज्य
डलरको भाउ फेरि बढ्यो
द नेप्लिज संवाददाता२३ वर्षदेखि भिजिट भिसाको ओडारमा महिला तस्करी, सबै गृहमन्त्रीको संलग्नता शंकाको घेरामा
द नेप्लिज संवाददातातुलसी सहकारी घोटाला : अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड बिगो र जरिवाना
द नेप्लिज संवाददातापतञ्जलीले विदेशबाट ल्याएको अरबौंको रकम शंकास्पद, स्रोत र खर्चको प्रमाण नभेटिएको अख्तियारको दाबी
अमेरिकी डलरको बिक्रीदर १३७.५७ रुपैयाँ
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares