विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा भइरहेको प्रथम कोशी प्रदेशस्तरीय अन्तर क्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको कलेज र ग्रिनल्याण्ड प्रवेश गरेको छ । यसअघि माघमा भएको हिसान क्रिकेटमा अरनिको र ग्रिनल्याण्डबिच भएको फाइनल खेलमा अरनिकोले उपाधि हात पारेको थियो ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा हिसान मोरङ क्रिकेट विजेता विराटनगरको अरनिको कलेजले विर्तामोडको निदि कलेजलाई ६८ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १ सय ३१ रन बनाएको थियो । अरनिकोको जितमा प्लेयर अफ द म्याच रुद्रप्रताप साहले अविजित ५० रन बनाउँदा सोनु साहले २९ रनको योगदान दिए । निदिका विशाल मगरले सर्वाधिक ४ विकेट लिए ।
१ सय ३२ रनको लक्ष्य पछ्याएको निदिले १५ ओभरमा सबैै विकेट गुमाई ६४ रनमा सिमित भयो । निदिका लागि विशाल मगरले सर्वाधिक १० रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा प्रकाश पासवानले २ विकेट लिए ।
दोस्रो सेमिफानल खेलमा ग्रिनल्याण्ड कलेजले इटहरीको विश्व आर्दश कलेजलाई १६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९७ रनको स्कोर बनाएको थियो । ग्रिनल्याण्डका क्रि चौधरीले २४ रन बनाउँदा अनिस सहनीले २३ रन बनाए । विश्व आर्दशका बलराम मण्डलले २ विकेट लिँदा सन्देश भण्डारी र आकाश सराफले पनि २–२ विकेट लिए ।
९८ रनको लक्ष्य पछ्याएको विश्व आर्दशले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ८१ रनमा सिमित भयो । विश्व आर्दशका आर्यन आमिरले सर्वाधिक २२ रनको योगदान दिए । ग्रिनल्याण्डका प्लेयर अफ द म्याच सुनिल यादवले ४ विकेट लिँदा अमित चौधरी र गनेश यादवले २–२ विकेट लिए ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares