३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

पत्रकार रजक जलेको घरमा ताल्चा लगाएको आरोपमा अभिनेत्री एनी कुँवर पक्राउ

द नेप्लिज संवाददाता
२५ चैत २०८१, सोमबार

Advertisement

विराटनगर– काठमाडौँको तीनकुने क्षेत्रको प्रदर्शनको क्रममा पत्रकार सुरेश रजक जलेर मृत्यु भएको घरमा ताल्चा लगाएको आरोपमा प्रहरीले अभिनेत्री एनी कुँवरलाई पक्राउ गरेको छ । उनी सुरेश कार्यरत रहेको एभिन्युज टीभीकी पूर्वपत्रकार एवं धार्मिक अभियन्ता हुन् । 

हाल राजावादी उनी धार्मिक अभियानहरूमा सक्रिय छिन् । आफूले घरभित्र पानी हाल्दै गरेको तथा बाहिरबाट लाइभ गरेर गुहार मागेको भिडिओ सार्वजनिक गर्दै आफू निर्दोष रहेको बताएकी छन् ।

प्रहरीका अनुसार सुरेश जलिरहेको घरको सेरोफेरोमा एनीका तीनवटा श्रव्य–दृश्यमा कैद भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा आगजनी भएको घरको भर्याङबाटबाट एनी ओर्लिरहेको देखिएकी थिइन् ।
मञ्चतिर भाषण गरेको र जलेको घरभन्दा बाहिरपट्टि खिचेको भिडिओमा देखिएकी छन् ।

अर्काको घरभित्र अनाधिकृत प्रवेश गरेर निस्किँदै गरेको देखिएकीले उनलाई निर्दोष मान्न नसकिने प्रहरीले भनेको छ । प्रहरीका अनुसार आगो कसले झोस्यो भन्ने पुष्टि नभए पनि घरभित्र प्रवेश गरेका सबैलाई अनुसन्धानको घेरामा लिइएको छ । संलग्नताको आधार भनेको सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियो हो जसमा कुँवरलाई पत्रकार सुरेश रजक भित्र रहेको जलिरहेको घरमा ताल्चा लगाएर फर्केको देखिएको स्रोतको दाबी छ ।

घटनापछि कुँवरले फेसबुक लाइभ गर्दै ‘बचाउन आउनुहोला’ भनेर आह्वान गरेकी थिइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एनीलाई ललितपुरबाट अनुसन्धानको लागि पक्राउ गरिएको हो । यस घटनासँग जोडिएका थप विवरणहरू सार्वजनिक हुन बाँकी छन् ।  कुँवर एक दशकअघि चलचित्र ब्रह्माबाट रजतपटमा पाइला राखेकी थिइन् ।

प्रकाशित : २५ चैत २०८१, सोमबार 15:59
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved