विराटनगर– बेलायतका प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लण्डन पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार राति चर्को विवाद भएलगत्तै स्टारमरले जेलेन्स्कीलाई निम्तो दिएका थिए ।
अमेरिकालाई चिढाएर भन्दा पनि फकाएर अघि बढ्नु पर्ने बेलायती प्रधानमन्त्रीकै सुझावमा उनले शुक्रबार रातिको तिखो संवाद बिर्सदैँ ट्वीटर्माफत् अमेरिकाले अहिले सम्म गरेको समर्थनप्रति आभार प्रकट गरेका छन् । ’अमेरिका हाम्रो पक्षमा अझ दृढतापूर्वक उभियोस् भन्ने चाहन्छु । उनीहरूको समर्थन बिना रुसी आक्रमणविरुद्ध लड्न निकै गाह्रो छ,’ उनले भनेका छन् । जेलेन्स्कीले रुससँगको युद्धलाई युक्रेनको अस्तित्व, मानवाधिकार र नागरिक स्वाभिमानसँग जोडेका छन् ।
उनले आफूहरूका लागि अमेरिकी सहयोग महत्त्वपूर्ण रहेको भनेका छन । ’कठिन संवादका बीच हामी रणनीतिक साझेदार बनेका छौं, साझा उद्देश्य पूरा गर्न एकअर्कालाई इमान्दार भएर बुझ्नु जरुरी छ,’ उनले भनेका छन् । अमेरिकासँगको खनिज सम्झौतामा अझै पनि हस्ताक्षर गर्न आफूहरू तयार भएको बताएका छन् । ’खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौ । तर अमेरिकाले सुरक्षा ग्यारेन्टीचाहिँ गर्नुपर्छ,’ उनले भनेका छन्,‘छेपारो जस्तै रुसको भरपर्न सकिन्न ।’
सुरक्षा ग्यारेन्टी बिना युद्धविराम गर्दा युक्रेनको हकमा सही नहुने उनले उल्लेख गरेका छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सुझाव दिँदै भनेका छन,’तपाइँ युद्ध अन्त्य गर्न चाहनुहुन्छ, राम्रो कुरा हो । तर, हामीभन्दा बढी शान्ति यहाँ कसैले चाहेको छैन ।’उनले रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग युद्धविराम गर्नुको कुनै अर्थ नरहेको बताए । ’पुटिनसँग युद्धविराम गरेर काम छैन, उनले दस वर्षमा २५ पटक युद्धविराम तोडेका छन्,’ उनले भने । उनले रुसप्रति युक्रेनको अडान परिवर्तन नहुने स्पष्ट पारेका छन् । वासिंग्टनमा अमेरिकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप–राष्ट्रपति जेडी वेन्ससँग शुक्रबारको भेट वार्ता पछि जÞेलेन्स्कीले शनिबार निरन्तर १४ ट्वीट गरेर शान्तिको पक्षमा रहेको दोहोर्याएका छन् ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares