सिरहा– गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले असुली धन्दा चलाएको खुलासा भएको छ । प्रहरी निरीक्षक साहले हालै लहानका एक युवकसँग ३५ हजार नगद र उनको आइफोन १४ पनि हात पारेका छन् ।
गत माघ २९ गते लहान नगरपालिकाका पंकज साह भन्ने युवालाई प्रहरी निरीक्षक साहले फोन गरेर इलाका प्रहरी कार्यालय गोलबजारमा बोलाए । पंकज हाजिर हुन आए । आउनासाथ पंकज साहलाई थुनियो । एक युवतीको तस्बिरबिना अनुमति टिकटकमा अपलोड गरेको कारण ती युवतीले पंकज विरुद्ध ठाडो निवेदन दिएकी थिइन् । तर तस्बिर अश्लिल वा आपत्तिजनक थिएन ।
पंकज साहलाई साइवर अपराधमा हालिदिन्छु भनेर प्रहरी निरीक्षकले रिहाईका लागि ५० हजार घुस मागे । पंकजका पिताले प्रहरी निरीक्षक साहलाई ३५ हजार घुस दिएर दिएर छोरालाई रिहा गराई लगे । पंकज साहको आइफोन १४ प्रोम्याक्स प्रहरी निरीक्षकले खोसेर आफूसँग राखेका छन् । फिर्ता दिएनन् । कतै कुरा चुहाएमा पुनः थुनेर मुद्दा लगाइ दिने डर धम्की दिएका छन् ।
यस विषयमा प्रहरी निरक्षिक साहले भने पक्ष विपक्ष दुबै थरीलाई राखेर मिलापत्र गराएर पठाएका छौं । तस्बिर मेटाएर मोवाइल फिर्ता दिइएको छ । कुनै घुस रकम नलिएको उनले जिकिर गरे । तर इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी सुत्रले नाम उल्लेख नगर्ने सर्तमा इन्सपेक्टर साहले मोवाइल फिर्ता नदिएको र ३५ हजार घुस लिएको बताएका छन् । त्यसैगरी पीडित पक्षले पनि ३५ हजार घुस दिएको स्वीकार गरेका छन् ।
प्रहरी निरीक्षक साहले गोलबजार नगरपालिकामा असुली धन्दालाई तीव्र बनाएका छन् । रामएकवाल गिरिकी आमा र पत्नीले हाट बजारमा कपडा बेच्छिन् । उनको चार पोका कपडा समातेर थानामा पुर्याइयो र २० हजार रकम लिएर छोडियो । त्यसैगरी गत साता एक जना माछा व्यापारीको माछा भारतबाट ल्याएको भनि समातेको र २० हजार घुस लिएर छाडेको पीडित माछा व्यापारीले बताए । उनको माछाको हण्डी नै इलाका प्रहरी कार्यालय गोलबजारको प्राङ्गनमा घोप्ट्याएर बर्बाद पार्न खोजे पछि माछा व्यापारीले २० हजार दिन बाध्य भएको बताए ।
प्रहरी निरीक्षक साहले भन्सार चोरी पैठारी गर्ने ब्लेकियाहरु क्रमश माडरका मोहनसँग मासिक २० हजार, लहानका भगवान लालसँग मासिक १५ हजार, औरहीका विजय महासेठसँग मासिक २० हजार, राकेश यादवसँग मासिक २० हजार, रामवृक्षसँग मासिक २० हजार, श्रीलालसँग मासिक २० हजार, लाल जीसँग मासिक १५ हजार, दीपेन्द्र डवलमजा ब्लेकियासँग मासिक १५ हजार, मनिक लालसँग मासिक १५ हजार, ध्यानीसँग मासिक १५ हजार र उपेन्द्रसँग मासिक १५ हजार रकम असुल्ने गरेका छन् ।
प्रहरी निरीक्षक साहले गोलबजारस्थित होटल मनुज र होटल आनन् ९ होटलको नाम परिवर्तन ० बाट मासिक ५०/५० हजार रकम लिएर देहव्यापार गर्ने गराउने छुट दिएका छन् । उनले हाटलबाट रकम लिंदा जिल्लालाई पनि दिनु पर्ने भन्दै असुल गरेको एक प्रहरी जवानले बताएका छन् । इन्सपेक्टर साहले गोलबजारका एक कपडा पसलबाट रकम मागेको र नदिंदा उनको पसलको छेउमै प्रहरीका एक जवानलाई दुई हप्तासम्म ड्युटी खटाएर मानसिक तनाव दिएकोपीडित व्यापारीले बताए ।
समाचार
संविधान र गणतन्त्रको रक्षामा तीन शीर्ष दलको सहमति
द नेप्लिज संवाददातासंघीय निजामती विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीको आन्दोलन सुरु
द नेप्लिज संवाददाताराप्रपाको चेतावनीपछि गृह मन्त्रालयको कडा सन्देश
द नेप्लिज संवाददाता‘२०८२ जेठ १५ मा गणतन्त्रको अन्त्य हुने’
द नेप्लिज संवाददाताराजावादी प्रदर्शन, शिक्षकको रणनीति परिवर्तन, राजधानीमा आज तनाव बढ्ने संकेत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares