४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु (तस्बिरहरु)

द नेप्लिज संवाददाता
१३ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– कोशी प्रदेश सरकारले आयोजना गरेको ‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१’ को मंगलबार विराटनगरस्थित सहिद रंगशालामा उद्घाटन गरिएको छ । महोत्सवको सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्दै खेलकुदले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र गौरव बढाउने माध्य बनेको बताएका छन् । उनले खेलकुद महोत्सवले प्रदेशमा खेलकुद गतिविधिलाई गतिशिलता प्रदान गर्नुका साथै खेलाडी र खेलकुदप्रेमीहरुलाई उत्साहित बनाएको बताएका हुन् । 

प्रदेश खेलकुद विकास बोर्डको अध्यक्ष तथा समाजिक विकासमन्त्री पाँचकर्ण राईले यो खेलकुद महोत्सवले प्रदेशभरि व्यवसायिक खेलकुदको विकासमा टेवा पुग्ने बताए । उनले महोत्सवले दक्ष खेलाडीको उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने बताए । 

खेलकुद महोत्सव फाल्गुन १३ गतेदेखि १८ गतेसम्म विराटनगरस्थित विभिन्न स्थानमा र मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता झापामा चल्नेछ ।

महोत्वसमा एथलेटिक्स, कवड्डी, डोरीतान, सफ्ट टेनिस, कराते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटवल, महिला भलिवल र टेवलटेनिस खेलको पहिलो पटक प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले बताए । 

प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्द्या कार्कीले प्रदेशको खेलकुद शून्यतालाई चलायमान बनाउन, दैनिक प्रशिक्षण लिइरहेका खेलाडीहरु र सम्पूर्ण खेल प्रेमीहरुमा यो महोत्सवले सकारात्मक सन्देश प्रवाह गर्ने ।

प्रकाशित : १३ फागुन २०८१, मङ्गलबार 15:12
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved