काठमाडौं– दुई वर्षअघि गोठाटारमा भएको लाल मोहम्मद हत्याका आरोपित सुटर गुड्डु पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ ।
प्रहरीका अनुसार १८ फागुनमा उनलाई पक्राउ गरिएको थियो । सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वाका स्थायी बासिन्दा मोहम्मद ३ असोज २०७९ मा गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए ।
प्रहरीको दाबीअनुसार फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले पटेल नेपाल आएको पत्ता लगाएपछि उनको पिछा गर्ने क्रममा गोली चलाउनुपरेको थियो । घाइते भएका उनलाई ट्रमा सेन्टरमा उपचार गराएर अदालतमा पेश गरिएको थियो ।
लाल मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । भारतीय प्रहरीले उनलाई नेपाल प्रहरीमार्फत हस्तान्तरण गरिदिन आग्रह गरेको थियो । हत्या हुनुअघि मोहम्मदले आफूलाई सुरक्षा चुनौती रहेको भन्दै स्थानीय प्रहरी बिटमा जानकारी गराएका थिए । तर प्रहरी प्रशासनले सो सूचनालाई गम्भीर रूपमा नलिएको बताइएको छ । पहिले हत्या आरोपमा जेल परेका मोहम्मद जेलमुक्त भइसकेपछि गोठाटारमा गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका थिए ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares