विराटनगर- तेस्राे संस्करणकाे मनमाेहन मेमाेरियल एक दिवसीय क्रिकेट प्रतियाेगिता बैसाख १३ गतेदेखि २० गतेसम्म हुने भएकाे छ । एम.एम. कप फाउण्डेशन इनरूवा, सुनसरीकाे आयाेजनामा ५० ओभरकाे एक दिवसीय क्रिकेट प्रतियाेगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा हुन गइरहेकाे हाे ।
प्रतियाेगितामा भारतकाे असाम क्रिकेट टिम, घरेलु टिम काेशी प्रदेश, बागमति प्रदेश, विभागीय टाेली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने फाउण्डेशनका अध्यक्ष विप्लव घाेषले जनाएकाे छ ।
एक कराेड लागतमा आयाेजना भइरहेकाे प्रतियाेगिता विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टकाे उपाधी जित्ने खेलाडीलाई २५ हजार, बेष्ट ब्याटर र बलरलाई १५-१५ हजार र प्लेयर अफ द म्याचकाे उपाधी जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गर्ने अध्यक्ष घाेषले बताएका छन् ।
फाउण्डेशनले यसअघि आयाेजना गरेका पहिलाे र दाेस्राे संस्करणकाे प्रतियाेगितामा आर्मी क्लब लगातार विजेता भएकाे थियाे । पहिलाे र दाेस्राे संस्करणकाे प्रतियाेगिता १२-१२ वटा टाेली सहभागी भए पनि यसपटककाे तेस्राे संस्करणकाे समय अभावले ६ वटा टाेली मात्रै सहभागी गराएकाे उनले बताएका हुन् ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताब्राजिलका फुटबलर रोबर्टो कार्लोस नेपालमा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares