विराटनगर– प्रतिसिलिण्डर ढुवानी कमिसन १२ रुपैयाँ बढाउने लगायत सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति भएको छ । सहमतिमा ग्यास उद्योग संघको विरोधका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने र सबै ग्यास उद्योगीहरूले एलपी ग्यासको आपूर्ति सहज बनाउने उल्लेख छ ।
उद्योगीहरुले माघ २४ मा विभिन्न मागसहित १९ बुँदे ज्ञापनपत्र मन्त्रालयमा बुझाएको थियो । ग्यासको बजार मूल्य भने यथावत रहने छ । ग्यासको मूल्य अहिले प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँ छ ।
पाँच बुँदे सहमतिमा ग्यास उद्योगहरूको वाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइएको भनिएको छ ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares