काठमाडौं– २०७९ माघ १४ को राति गुल्मी मुसिकोट–७ न्वारास्थित गंगा नामको होटल संचालन गरी बस्ने बाग्लुङ बडिगाड–३ सिसाखानीकी ५८ वर्षीया गंगा भन्ने गोपाल कुमारी शेरचनको गरगहना र नगद लुटियो । प्रतिकार गर्न खोजे पछि हात, खुट्टा र मुख टेपले बाँधी उनको हत्या गरियो ।
यस अघि काभ्रेपलाञ्चोक धुलिखेल–९ फस्कोटमा विक्रम तामाङको श्रीमती बेली तामाङलाई २०७९ कात्तिक २७ को राति धारिलो हतियार प्रहार गरी नगद तथा गहना लुटियो । भोट माग्न आएको भन्दै उनीलगायत चार जनाले तामाङलाई धारिलो हतियार प्रहार गरी डोरीले बाँधेर गरगहना लुटेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।
दुई वर्ष पछि काभ्रेपलान्चोक पनौती–५ चौकोटस्थित ग्रिन हिल नेवा खाजा तथा खाना घरका संचालक धर्म गोपाल श्रेष्ठलाई २०८१ साउन ३१ मा राति धारिलो हतियार देखाइ नगद ४० हजार लुटपाट भयो । काभ्रेपलान्चोक बनेपा–३ टनचोक डाँडा बस्ने ३२ वर्षीय लोप्चन लामाको घरमा २०८१ माघ ४ को राति धारिलो हतियार देखाइ ३ वटा मोबाइल , नगद, गरगहना र धनमाल लुटपाट भयो । काभ्रेपलान्चोक बनेपा–४ रेडक्रस टोल बस्ने ३० वर्षीय सुकान्त बम्जनको घरमा २०८१ माघ १३ को राति धारिलो हतियार देखाइ सुनको गरगहना, नगद एवं धनमाल लुटपाट भयो ।
यो हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न मुख्य आरोपीलाई पक्राउ गर्नु प्रहरीका लागि चुनौतिपूर्ण बनेको थियो । अपराधको प्रकृति, समय र शैली एउटै थियो । पीडित पक्षबाट प्राप्त हुलियाको आधारमा बनाइएको स्केच अनुरुप लुटेराको प्रहरीले खोजी जारी राखेको थियो । घटना भएका जिल्लाहरु र डकैती हुनसक्ने संभावित थलोमा प्रहरीले निगरानी गर्दै अपराधीको खोजी गरिरहेको थियो ।
स्थानीय प्रहरीले नसके पछि केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) टोलीले वारदात स्थल वरिपरिको जिल्लादेखि काठमाडौं उपत्यका सम्म खोजतलाश गर्यो । केन्द्रीय प्रहरीका एक अधिकारीका अनुसार हत्या र डकैतीमा संलग्न मुख्य व्यक्ति ललितपुर क्षेत्रमा देखिएको एक पीडितबाट सूचना आयो ।
नीकै दिनको मिहिनेत पछि त्यो व्यक्ति सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२, कर्थलीका विकाश, मोटे, अर्जुन भन्ने ४१ वर्षीय बुद्धिमान तामाङ भएको खुल्यो । सीबीआईको टोलीले शुक्रबार तामाङ्गलाई ललितपुर महानगरपालिका–१९ लगनखेलबाट पक्राउ गरेको छ । प्रारम्भिक बयानमै उसले अपराध स्वीकारिसकेको प्रहरीले जनाएको छ । उनले प्रहरीसँगको सोधपुछमा भने,‘डकैती गरे पछि काठमाडौँ फर्कन्थेँ, यता आफूलाई नेता र समाजसेवी भनेर चिनाउँथे ।’
प्रहरीले उनको साथबाट दुई मोबाइल र दुई सिमकार्ड बरामद गरेको छ । यस अघि उनी २०६१ मा डलर ठगीसम्बन्धी कसुरमा काठमाडौँ प्रहरी परिसरमा मुद्दा दर्ता भइ फरार थिए । उनी २०६२ मा ललितपुर प्रहरी परिसरमा डाँका चोरी मुद्दामा दोषी ठहर भइ ६ वर्षको सजाय भुक्तान गरिसकेका थिए । २०७८ मा बाह्रबिसे इलाका प्रहरी कार्यालयमा शान्ति सुव्यवस्था तथा नैतिकता विरूद्धको कसुरमा मुद्दा दर्ता भइ सजाय भुक्तान गरिसकेको खुलासा भएको छ ।
प्रहरीका अनुसार ती जघन्य अपराधका सहयात्री बुद्धिमान तामाङका सहोदर दाजु वीर बहादुर, उदयपुरका राजु कुमार दनुवार र ओखलढुंगाका महेश कुमार खड्कालाई विभिन्न मितिमा पक्राउ गरी सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । बुद्धिमानका कान्छा भाइ शिव कुमार पनि गुल्मी हत्या प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेको खुलेको छ । बुद्धिमानलाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।
समाचार
संविधान र गणतन्त्रको रक्षामा तीन शीर्ष दलको सहमति
द नेप्लिज संवाददातासंघीय निजामती विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीको आन्दोलन सुरु
द नेप्लिज संवाददाताराप्रपाको चेतावनीपछि गृह मन्त्रालयको कडा सन्देश
द नेप्लिज संवाददाता‘२०८२ जेठ १५ मा गणतन्त्रको अन्त्य हुने’
द नेप्लिज संवाददाताराजावादी प्रदर्शन, शिक्षकको रणनीति परिवर्तन, राजधानीमा आज तनाव बढ्ने संकेत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares