काठमाडौँ — प्रतिनिधिसभाको बुधबारको बैठकमा भारत र पाकिस्तानबीच चर्किएको पछिल्लो तनाव र त्यसले नेपालमा पार्न सक्ने सम्भावित प्रभावबारे सांसदहरूले सरकारलाई समयमै सचेत रहन आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमाना भएकाले दक्षिण एशियामा युद्धको सम्भावित असरबारे गम्भीर छलफल आवश्यक भएको बताए। उनले संविधान संशोधन, संघीयताको सुदृढीकरण, संस्कृतिको संरक्षण र प्रवद्र्धनलगायत विषयमा न्यूनतम सहमति कायम गरी राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्नेमा पनि जोड दिए।
कांग्रेस सांसद तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा नेपाली नागरिक सुदीप गौतमसहित २६ जना निर्दोषको आतंककारी आक्रमणमा हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरे। ‘आफ्नै नागरिक आस्थाका आधारमा आतंकको शिकार भइरहेका छन्, छिमेकमा युद्धको आगो सल्किएको छ,’ भन्दै उनले नेपाल सरकारले कुटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताए।
साउदले छिमेकमा यस्तो जघन्य घटना घटिसकेपछि पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउनुलाई संवेदनशीलताविहीन निर्णय भन्दै असन्तोष जनाए। ’भ्रमण पूर्वनिर्धारित भए पनि परिस्थितिलाई ध्यानमा राखी तत्कालका लागि स्थगन गर्नु उपयुक्त हुनेथियो,’ उनले तर्क गरे।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares