२३ वैशाख २०८२, मङ्गलबार 06 May 2025, Tuesday

ओमान सरकारको आममाफी : भिसाविहीन नेपाली श्रमिकलाई बिना जरिवाना स्वदेश फर्किने अवसर

द नेप्लिज संवाददाता
२२ वैशाख २०८२, सोमबार

Advertisement

काठमाडौँ — ओमान सरकारले भिसाविहीन भएर अवैध रूपमा बसोबास गरिरहेका नेपालसहितका आप्रवासी श्रमिकलाई स्वदेश फर्किन तीन महिनाको आममाफी योजना घोषणा गरेको छ। श्रम मन्त्रालयमार्फत सार्वजनिक उक्त योजनाअनुसार जरिवाना तिर्नु नपरी श्रमिकहरूले स्वदेश फर्किन सक्ने छन्।

ओमानस्थित नेपाली दूतावासका अनुसार यो योजना २०२५ जुलाई ३१ सम्म लागू हुनेछ। भिसाविहीन नेपाली नागरिकलाई यही समयसीमाभित्र स्वदेश फर्कन आग्रह गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ। ‘यो सुवर्ण अवसरको लाभ उठाउनु हुन ओमानमा रहनुभएका सम्बन्धित नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्वदेश फिर्ती प्रक्रिया सहज बनाउन नेपाली दूतावासले स्वयंसेवीसमेत नियुक्त गरेको छ। ओमानमा हाल करिब २२ हजार नेपाली कार्यरत छन्, जसमा १० हजारजति महिला श्रमिक छन्।

भिसाविहीन नेपालीको यकिन संख्या भने खुलाइएको छैन।पछिल्लो समय भिजिट भिसामार्फत घरेलु श्रमिकका रूपमा ओमान पुगेका नेपाली महिला श्रमिकहरू भिसा अवधि सकिएपछि कानुनी हैसियत गुमाइ बसोबास गरिरहेको दूतावासले जनाएको छ।

प्रकाशित : २२ वैशाख २०८२, सोमबार 22:53
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved