६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

कुलमान घिसिङको बर्खास्तगीविरुद्ध राप्रपा माइतीघरमा

द नेप्लिज संवाददाता
१४ चैत २०८१, बिहीबार

Advertisement

काठमाडौं – कुलमान घिसिङलाई सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरुले माइतीघर मण्डलामा बिहीबार  प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाईँदैन,’ ‘कुलमान घिसिङ, हामी तिम्रो साथमा छौं,’ र ‘मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर,’ लगायतका नारा लगाउँदै सरकारको निर्णयको कडा विरोध गरेका थिए ।
प्रदर्शनकारीहरुले कुलमान घिसिङको कार्यकालको अवधीलाई प्रभावकारी र सकारात्मक भएको भन्दै उनलाई हटाउनु भनेको देशको ऊर्जा क्षेत्रमा फेरि अराजकता ल्याउने खतरा रहेको बताएका छन् । राप्रपाले उक्त विरोध प्रदर्शनको माध्यमबाट सरकारलाई जनताको आवश्यकता र मागलाई बुझ्न आग्रह गर्दै व्यवस्थामा सुधारको माग पनि उठाएको छ ।

पार्टीका नेता र कार्यकर्ताहरुले सरकारले जनतालाई उज्यालो र स्थिर विद्युत आपूर्ति दिनुपर्ने र भ्रष्ट निर्णयको खारेज गर्नुपर्ने माग गरेका छन् । राप्रपाको यो विरोध प्रदर्शनले सिंगो देशमा ऊर्जा संकट र सरकारको निर्णयप्रति गम्भीर चिन्ता उत्पन्न गरेको छ ।
 

प्रकाशित : १४ चैत २०८१, बिहीबार 13:50
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved