६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

विराट गोल्डकप

थ्रीस्टारले मछिन्द्रलाई पराजित गर्दै सेमिफाइनलमा

द नेप्लिज संवाददाता
२३ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर । विराट गोल्डकपको शुक्रबार भएको खेलमा थ्रीस्टार क्लबले मछिन्द्र फुटवल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
विराटनगरको सहिद रंगशालामा जारी नवौँ संस्करणको विराट गोल्डकपमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र एफसीलाई २–१ गोलले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनल पुगेको हो । जितसँगै थ्रीस्टारले आइतबार पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मीसँग खेल्नेछ ।

जितका लागि पुर्व बिजेता टिम समेत रहेको थ्रीस्टारका आशिष चापागाइँ र दिपेश घलेले समान एक–एक गोल गरे । खेल सुरु भएको १५ आँै मिनेटमा थ्रीस्टारका आशिष चापागाइँले गोल गरेर टिमलाई अग्रता दिलाए । एन्जल महर्जनले निकालेको क्रस पासलाई आशिषले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो गोल भएको १० मिनेट नबित्दै २५ आँै मिनेटमा दिपेश घलेले व्यक्तिगत दोस्रो गोल गरेर टिमको जित सुनिश्चित गरेका थिए ।
 
मछिन्द्रका क्याप्टेन देवेन्द्र तामाङ्गले खेलको अन्त्य तिर ८९ औं मिनेटमा सान्त्वना गोल फर्काए । उनले डिबक्स भित्र हेडिङ्गमार्फत आकर्षक गोल गरेका थिए । थ्रीस्टारका दिपेश घले म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए । 

पहिलो हाफमा दुई गोलले पछि परेपछि मछिन्द्र दबावमा परेको थियो । दोस्रो हाफपछि आक्रमक रुपमा मैदान प्रवेश गरेपनि बराबारीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । 

थ्रीस्टारले बुधबार दोस्रो मुख्यमन्त्री कपिलबस्तु तिलौराकोट गोल्कडप फुटबल प्रतियोगिताको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा लिएको छ । कपिलबस्तु गोल्डकपको फाइनलमा थ्रीस्टारलाई मछिन्द्रले १–० गोलले पराजित गरेको थियो ।

मछिन्द्र गत वर्षको बिजेता टिम हो । आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि उचालेको थियो । थ्रीस्टार फुटबल क्लबले पाँचौ संसकरणको विराट गोल्डकपको उपाधि जितेको थियो । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० गोलले स्तब्ध बनाउदै थ्रीस्टारले उपाधि चुमेको  थियो । विराट गोल्डकपको शनिबारको खेल चर्च ब्वाईज युनाईटेड र एनआरटीबीच हुनेछ । 

महिला दिवसको अवसरमा शनिबार महिलालाई निःशूल्क प्रवेश 

१५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार विराट गोल्डकप हेर्न आउने महिलाहरुको लागि आयोजकले निःशूल्क टिकटको व्यवस्था गरेको छ । नारीलाई सम्मान गर्ने उद्देश्यले आयोजकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गोल्डकप हेर्न आउने  महिलाहरुका लागि निःशूल्क प्रवेशको व्यवस्था गरेको विराट गोल्डकपको संयोजक नविन रिजालले जानकारी दिए । शनिबारको खेल चर्च ब्वाईज युनाईटेड र एनआरटीबीच हुनेछ ।

प्रकाशित : २३ फागुन २०८१, शुक्रबार 21:29
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved