पहिलाे प्रदेश लगानी सम्मेलनकाे तयारी पूरा
विराटनगर- काेशी प्रदेश सरकारले गर्न लागेकाे पहिलाे प्रदेश लगानी सम्मेलनकाे सम्पूर्ण तयारी पूरा भएकाे छ । काेशी प्रदेश लगानी प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरि लगानी सम्मेलनकाे तयारी बारे जानकारी गराएका हाे । लगानी सम्मेलनकाे बिहीबार विराटनगरस्थित विरेन्द्रसभा गृहमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएकाे पत्रकार सम्मेलनमा जानकारी गराएकाे छ ।
प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सराेज काेइरालाले लगानी सम्मेलनका लागि १ खर्ब ७३ अर्ब ४९ कराेड लागतका ७१ वटा परियाेजना साेकेसिङ गरेकाे बताएका छन् । विराटनगरस्थित विरेन्द्रसभा गृहमा बिहीबार र शुक्रबार हुने लगानी सम्मेलनमा सहभागी हुने लगानीकर्ताहरू आइसकेकाे र उनीहरूसँग प्री छलफल भइरहेकाे उनले बताएका हुन् । लगानी सम्मेलनमा चीन, रूस, अमेरिका, दक्षिण काेरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूका साथै स्वदेशी उद्याेगी व्यवसायीहरूकाे सहभागिता रहने काेइरालाले बताएका छन् ।
सम्मेलनमा कृषि र पर्यटनमा काेशी प्रदेशकाे सम्भावना, अद्याैगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र उर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयमा लगानीकर्ताहरूसँग छलफल हुने उनले बताएका हुन् । पहिलाे दिन बिहीबार लगानीमैत्री वातावरण र तीन तहका सरकारहरूबीचकाे अन्तरसम्बन्धनकाे बारेमा विज्ञ र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने कार्यक्रम तय गरिएकाे उनले सुनाए ।
प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउन ८ वटा ऐन अध्यादेशमार्फत संशाेधन गर्नुका साथै ६ बुंदे नीतिगत प्रतिबद्धतासमेत पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेकाे छ । प्रतिबद्धतामा सम्भाव्य आयाेजनाहरूकाे शुचि तयार गरि त्यसकाे प्राविधिक तथा आर्थिक अवस्थाकाे विश्लेषण लगानीकर्तासमक्ष प्रस्तुत गर्ने, संघ र स्थानीय सरकारसँग परियाेजनाकाे विकास, सञ्चालन, व्यवस्थापनका लागि समन्वय र सहकार्य गर्ने उल्लेख छ ।
प्राधिकरणले सार्वजनिक गरेकाे परियाेजना छनाैटमा गहन अध्ययन नपुगेकाे लगानीकर्ताहरूकाे भनाइ छ । पाधिकरणले सार्वजनिक गरेकाे परियाेजना प्राेफाइलमा परियाेजना एउटा तर तस्बिर अर्कै राखेर त्रुटिपूर्ण रूपमा सार्वजनिक गरेकाे हाे । ७१ वटा परियाेजना साेकेसिङ गरिए पनि ५२ वटाकाे मात्रै प्राेफाइल सार्वजनिक गरेकाे छ ।
परियाेजना छनाेट प्रदेशकाे आवश्यक्ता भन्दा पनि लगानिकर्ताकाे आग्रहका आधारमा गरिएकाले प्रभावकारी परियाेजना छनाैट हुन नसकेकाे प्रदेश सरकारका आर्थिक मामिला तथा याेजनामन्त्री रामबहादुर राणा मगरले स्विकारेका छन् । प्राधिकरणले परियाेजना छनाैट गर्दा विषय विज्ञमार्फत अध्ययन गराउनु आवश्यक रहेकाे लगानीकर्ताहरूकाे भनाइ छ ।
प्रदेश
समस्याग्रस्त सहकारीको समस्या समाधानका नाममा १ करोड २८ लाख खर्चिदै कोशी सरकार
द नेप्लिज संवाददाताप्रदेशस्तरीय ‘फ्रि मिडिया नेटवर्क’ गठन
द नेप्लिज संवाददातानेपाल ब्यूटिसियन संघ कोशीको अध्यक्षमा सुधा
द नेप्लिज संवाददातालाेकतन्त्र प्रेस स्वतन्त्रताका लागि अपरिहार्य
द नेप्लिज संवाददाताकोशी प्रदेशका २३ सय संस्थाका ६१ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares