विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओली र सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज साम्पाङबीच सोमबार अर्थपूर्ण पानी संवाद भएको छ । ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको विश्वास दिलाउँदा साम्पाङको अनुहारमा मुस्कान छाएको थियो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साम्पाङसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले धरानवासीले सहजताका साथ खानेपानी पिउन पाउनुपर्छ भनेका छन् । ‘यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ, यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,’ ओलीले साम्पाङलाई भने ।
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन संघीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख साम्पाङले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले यसका लागि व्यक्तिगत रुपले पहल गरेर सोधीखोजी गरी काम अघि बढाउन लगाएका थिए ।
ओलीले साम्पाङसँग अब रित्तो ग्रागी लिएर सिंहदरबार धाउनु नपर्ने भन्दा उपस्थित मन्त्री, कर्मचारी र धरानका प्रतिमण्डल मजाले हाँसेका थिए । पानीबारेको छलफलको क्रममा प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनमा पनि रुची देखाएका थिए ।
उनले अब परम्परागत नभइ आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा पनि जोड दिएका छन् । सिंहदरबारको यो संवादले ओली र साम्पाङबीचको सम्बन्धले नयाँ मोड लिंदै तिक्तताबाट अब मिठास तर्फ अघि बढेको बैठकमा उपस्थित एक सरकारी अधिकारीले बताए ।
स्थानीय सरकार
भ्रष्टाचारको गन्धले निर्माण रोकिएको काठमाडौँ भ्यू–टावर
द नेप्लिज संवाददाता७५३ स्थानीय तहका ३६ हजारभन्दा भन्दा बढी जनप्रतिनिधिको पद संकटमा
द नेप्लिज संवाददातास्थानीय तहका जनप्रतिनिधिलाई कानुन सम्झाउँदै अदालत
देव नारायण साहसडक सौन्दर्यीकरणमा एभरेष्ट बैंकको सहयोग
द नेप्लिज संवाददाताआगलागी नियन्त्रणका लागि महानगरलाई रोटरीको सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares