३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

तीनकुनेमा आगजनी गर्ने दुर्गा प्रसाईंको एटीएफ सदस्यहरूको पहिचान, दुई पक्राउ

द नेप्लिज संवाददाता
३१ चैत २०८१, आइतबार

Advertisement

विराटनगर — काठमाडौंको तीनकुनेस्थित एक निजी घरमा आगो लगाउनेहरू दुर्गा प्रसाईंसँग आबद्ध अनवरत तत्पर फौज (एटीएफ) का सदस्यहरू रहेको प्रहरीको अनुसन्धानले खुलासा गरेको छ । राजसंस्था पुनस्र्थापनाका लागि संघर्षरत ’संयुक्त जनआन्दोलन समिति’ का नेता प्रसाईंको नेतृत्वमा चैत १५ मा तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो ।

प्रदर्शनपछि घटनाले हिंसात्मक रुप लियो जसमा सुरक्षा बलले पानीका फोहरा, अश्रुग्यास र गोली चलाउनुपरेको थियो । प्रदर्शनकारीहरूले निजी घर, सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गर्दै भाटभटेनीमा लुटपाट समेत गरेका थिए ।

यस हिंसात्मक घटनामा एभिन्युज टेलिभिनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । घटनाको अनुसन्धान गर्दा प्रहरीले आगजनीमा संलग्न दुई जनाको पहिचान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आगजनीमा संलग्नहरूमध्ये रामेछापका २२ वर्षीय सरोज गौतम र अछामका २० वर्षीय गोकर्ण शाही पक्राउ परेका  छन् । उनीहरू दुर्गा प्रसाईंको नेतृत्वमा गठन गरिएको ’एटीएफ’ नामक समूहमा आबद्ध छन् । यसमा गौतम प्रवक्ता र  शाही सदस्य छन् । गौतम र शाहीले प्रदर्शनको समयमा अन्य हिंसात्मक गतिविधिहरू पनि गरेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार घटनाको छानबिन गर्न ८२ जनालाई पक्राउ गरी राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको अनुसन्धान जारी छ । यो घटनामा संलग्नहरूलाई पक्राउ गरिसकेपछि अब सुरक्षा दृषटिकोनबाट स्थिति थप सशक्त बनेको प्रहरीको विश्लेषण छ । प्रहरीको अनुसन्धान अझै जारी रहेको छ ।
 

प्रकाशित : ३१ चैत २०८१, आइतबार 20:16
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved