विराटनगर– विराटनगर महानगर क्षेत्रमा रहेका सहकारी सञ्चालनमा देखिएका समस्या केलाएर व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
महानगरले बिहीबार सहकारीका अध्यक्ष र व्यवस्थापकहरुसँगको अन्तरक्रियामा सहकारी सञ्चालनमा देखिएका समस्या, समाधनका उपायका विषयमा छलफल गरेको छ । कार्यक्रममा महानगरको सहकारी शाखाकी कर्मचारी रोजी कार्कीले सहकारीमा अभिलेख व्यवस्थापन, राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रमुख चिरञ्जीवि तिम्सिनाले सहकारीमा बचत र ऋणको व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
अन्तरक्रियामा वडा नम्बर १९ अध्यक्षसमेत रहेका महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, जिल्ला सहकारी संघ लिमिटेड मोरङका कोषाध्यक्ष अमृतबहादुर गुरुङ, जिल्ला सहकारी संघका सल्लाहकार वीरेन्द्र यादवलगायतले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बद्नाम भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा महानगरस्थित ५८ वटा सहकारीका १ सय १६ जना सहभागी भएको सहकारी शाखाकी प्रमुख चाँदनी राईले जानकारी दिइन् । उनका अनुसार विराटनगरमा १ सय ७२ वटा सहकारी महानगरमा दर्ता भई सञ्चालनमा छन् । यसअघि महानगरले सहकारीका सञ्चालक र पदाधिकारीलाई लक्षित गरेर नेतृत्व तथा व्यवस्थापन विकाससम्बन्धी कार्यशालासमेत आयोजना गरेको थियो ।
अर्थ/वाणिज्य
राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
द नेप्लिज संवाददाताराष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा, सत्ता साझेदारबीच सहमति
द नेप्लिज संवाददातादेशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares