२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

गृहमन्त्रीको निर्णयमा ७ डीआईजीको सरुवा, ६ प्रदेशमा नयाँ प्रहरी प्रमुख नियुक्त

द नेप्लिज संवाददाता
२१ वैशाख २०८२, आइतबार

Advertisement

विराटनगर— नेपाल प्रहरीका सात जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरीय बैठकले निर्णय गर्दै कर्णाली बाहेक सबै प्रदेशका प्रहरी प्रमुख फेरिएको हो। 

गृहमन्त्री रमेश लेखकको निर्णयमा डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश, उमा प्रसाद चतुर्वेदीलाई मधेस प्रदेश, अरुण पौडेललाई बागमती प्रदेश, दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेश, राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी प्रदेश र डम्बर बहादुर विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

त्यस्तै प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत डीआईजी गोविन्द थपलिया केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा सरुवा गरिएको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए।

यस सरुवापछि अब कर्णाली प्रदेश बाहेक अन्य सबै प्रदेशमा प्रहरी नेतृत्व परिवर्तन भएको छ।

प्रकाशित : २१ वैशाख २०८२, आइतबार 21:44
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved