२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

कोशी, मधेशसहित पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

द नेप्लिज संवाददाता
२१ वैशाख २०८२, आइतबार

Advertisement

विराटनगर– देशभरिको मौसम सोमबार आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने सम्भावना छ ।

महाशाखाले देशका हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि औंल्याएको छ । देशको पहाडी भूभागमा सोमबार राति आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । 

यस्तै रातको समयमा पनि सबै प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानहरूमा तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
 

प्रकाशित : २१ वैशाख २०८२, आइतबार 22:36
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved