काठमाडौं– स्थायी ठेगाना निर्मल निवास भए पनि नेपाल सरकारले उपलब्ध गराएको आवास सुविधा अन्तर्गत नागार्जुन दरबारमा बस्दै आएका ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना पत्र बुझ्न अस्वीकारेका छन् ।
स्रोतका अनुसार राजा रहिसकेका ज्ञानेन्द्रले शनिबार साँझ राप्रपा नेपालका अध्यक्ष कमल थापासँग यस बारेमा परामर्श गरे पछि उक्त निर्णय लिएका हुन् । गत शुक्रबार तीनकुनेमा पूर्वराजा शाहका समर्थकहरूले आयोजना गरेको आन्दोलनका क्रममा तोडफोड र फोहोरको क्षतिपूर्ति स्वरूप महानगरपालिकाले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पत्र पठाएको थियो।
तर जब उक्त पत्र लिएर महानगरपालिकाको टोली निर्मल निवास पुग्यो, त्यहाँबाट टोलीलाई फिर्ता पठाइयो । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे का अनुसार पूर्वराजाले पत्र बुझ्न मानेनन् । पत्र नबुझ्ने भन्दै निर्मल निवासले गेटबाटै नगर प्रहरीलाई फिर्ता पठाएको हो। ;अब हामी कानुनी प्रक्रियामा जान्छौं ,’ पाण्डेले भने । अब हुलाकबाट पत्र पठाउने तयारीमा महानगर छ।
पूर्वराजाले महानगरको निर्णय अस्वीकार गरेपछि अब कानुनी रूपमा के हुन्छ ? के महानगरपालिकाले अर्को कदम चाल्नेछ ? यो विषयले चर्चा पाउने निश्चित रहेको जानकारहरु बताउँछन् । ‘राजा हुँदा देशको संविधान विपरित कदम चालेर आफैले राजतन्त्र समाप्त पारेका ज्ञानेन्द्रले महानगरपालिकाको जरिवाना पत्र बुझ्दैनन् भने थाहा भएकै कुरा हो,’ एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् ।
अगाडि थपेका छन्, ‘तीनकुने हिंसाको दुई दिन बितिसक्दा पनि मृतक र घाइते परिवारलाई ज्ञानेन्द्रले संवोधन समेत गरेका छैनन्, यस्ता संवेदनहीन मान्छेलाई एक थरि फेरि राजा बनाउन हिंडेको देख्दा स्तब्ध छु ।’
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares