विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र यूक्रेनको राष्ट्रपति भोलोदिमीर ज़ेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसको ओवल कार्यालयमा भएको भेट चर्को बहसको रुप लिएको छ ।
ट्रम्पले ज़ेलेन्स्की माथि शांति नचाहेको आरोप लगाएका छन् । संझौता गर्न नमानेमा आफू यो युद्धबाट बाहिरिने भनेका छन् । युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने ट्रम्पले दाबी गरेका छन् ।
उनले ज़ेलेन्स्की माथि अमेरिका र अमेरिकीको अनादर गरेको आरोप पनि लगाए । ज़ेलेन्स्कीले भने, 'हामी ग्यारेन्टीका साथ युद्ध विराम चाहन्छौँ ।'
दुवैबीच बहस भइरहेको बेला अमेरिकामा यूक्रेनका राजदूत ओक्साना मार्कारोवा नीकै तनावमा थिए । ओभल कार्यालयबाट सार्वजनिक भएको भिडियोमा युक्रेनी राजदूत टाउको र अनुहारमा हात राखेको देखिएका छन् । संसारभरिकै मिडियामा ओक्सानको चिंता कैद भयो ।
दुवै मुलुकबीच बहुमुल्य खनिज संझौताका लागि ज़ेलेन्स्की अमेरिका भ्रमणमा गएका थिए । तर अब यो संझौता अघि बढ्न नसक्ने स्थिति उत्पन्न भएको छ । माहोल यति खराब भयो की भेट पछिको संयुक्त पत्रकार सम्मेलन पनि हुन सकेन । ज़ेलेन्स्कीलाई व्हाइट हाउसबाट बाहिर जान भनियो ।
यो भेट पछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गरेर ज़ेलेन्स्की माथि नानाथरिका आरोप लगाए । उनले भनेका छन्,'भेटमा धेरैथोक उजागर भयो । तर राष्ट्रपति ज़ेलेन्स्की शांतिका लागि तैयार छैनन् किनको अमेरिका यसमा सामेल छ । मलाई कुनै फाइदा चाहिएन, म केवल शान्ति चाहन्छु ।' उनले अमेरिकाको अपमान गरेको महसुस भएको ट्रम्पले भनेका छन् । शान्ति चाहन्छन् भने ह्वाइट हाउसको ढोका खुल्ला रहेको ट्रम्पले बताएका छन् ।
यस पछि सामाजिक सञ्जाल 'एक्स' मा लेखेर ज़ेलेन्स्कीले यूक्रेन शांति चाहेको बताएका छन् । उनले ट्रम्प, अमेरेकी जनता र कांग्रेसलाई यो भ्रमणका लागि धन्यवाद दिँदै शान्ति मात्र चाहने यूक्रेनले यही दिशामा काम गरिरहेको बताएका छन् ।
उनले अमेरकी टीभी च्यानल 'फक्स' लाई अन्तर्वार्ता दिँदै अमेरकी राष्ट्रपति कार्यालयमा संसारभरिका मिडिया सामु भएको व्यवहार राम्रो नभएको भनेर दु:ख व्यक्त गरेका छन् । उनले ट्रम्पसँग सम्बन्धलाई टिकाइ राख्ने प्रयास गर्ने बताएका छन् ।
भेटको सुरुवातमै ज़ेलेन्स्कीले ट्रंम्पसँग रूसी राष्ट्रपति पुटिनसँगको शांति वार्तामा कुनै पनि समझौता गर्न नमिल्ने बताएका थिए । अमेरिकाका उपराष्ट्रपति जेडी वेन्सले कुटनीतिबाट युद्धको अन्त्य हुनसक्ने भने पछि बहस सुरु भएको थियो । ज़ेलेन्स्कीले वेन्ससँग कुन खाले कूटनीतिको कुरा गरिरहनु भएको छ भनेर पुन: सवाल गरेका थिए।
' तपाईँको मुलुकमा भइरहेको बर्बादी रोक्ने कुटनीतिको कुरा गरिरहेको छु,' वेन्सले भने । बैठकको क्रममा जेलेन्स्कीले एक पटक पनि धन्यवाद नभनेकामा उनले सवाल गरे । आफूले धेरै पटक धन्यवाद दिएको जेलेन्स्कीले बताए । यो समय ठूलो संकटमा रहेको युक्रेनले रुससँग युद्ध जित्न सक्ने भनेर ट्रम्पले बुझाउन खोजे । 'यदि तपाईं हाम्रो साथ हुनुहुन्छ भने तपाईंसँग यो युद्धबाट बाहिर निस्कने मौका छ ।' युद्धको क्रममा युक्रेनलाई गरिएको सहयोगको मुद्दामा पनि ट्रम्पले बोलेका थिए ।
यदि अमेरिकाले तपाइँलाई ३ सय ५० अर्ब डलर र सैन्य उपकरण उपलब्ध नगराएको भए यो युद्ध दुई सातामै सकिने स्मरण गराए । 'म स्वयं तपाईँ दुवै (रुस र अमेरिका) बीच आइन भनेँ तपाईँ कहिल्यै डिल गर्न सक्नु हुन्न,' ट्रंम्पले भने, 'तपाईँ र पुटिनले एक अर्कासँग घृणा गर्नुहुन्छ, यस्तोमा तपाईं चाहनु हुन्छ भने म संसारको सबैभन्दा रुखो मान्छे बन्न सक्छु तर यो तरिकाले कुनै डिल हुँदन ।'
ज़ेलेन्स्कीले पनि युद्ध रोक्ने कुरा गरेका थिए । युद्ध विराम भएमा युक्रेनले तुरुन्तै स्वीकार्नु पर्ने जसले गर्दा गोली प्रहार रोकिने ट्रम्पले ज़ेलेन्स्कीसँग भनेका थिए ।
ज़ेलेन्स्कीले पनि युद्ध रोक्न चाहेको भन्दा ट्रपले बीचमै रोकेर भने,'तर तपाईं गर्दै हुनुहुन्छ, तपाइँलाई युद्ध विराम चाहिएन ।' ज़ेलेन्स्कीले भने, 'हामीलाई युद्ध विरामको डील गारंटीको साथ चाहियो।' यस बारेमा तपाईंले युक्रेनी नागरिकको मत जान्न पनि जरुरी रहेको उनले ट्रम्पसँग भने ।
यस पछि ज़ेलेन्स्कीलाई प्रतिनिधिमंडल सहित तुरंतै व्हाइट हाउस छाड्नलाई भनियो । अमेरिकीमा बीबीसीको न्यूज़ पार्टनर सीबीएसले यस पछि यूक्रेनी प्रतिनिधिमंडल ओवल अफ़िसको भिन्दै रुममा गएको भनेको छ । राष्ट्रिय सुरक्षा सलाहकार माइक वॉल्ट्ज़ र विदेशमंत्री मार्को रुबियोले पनि उनलाफ व्हाइट हाउसबाट बाहिर जान भनेका थिए । यस यूक्रेनी राष्ट्रपति व्हाइट हाउसबाट बाहिर निस्केका थिए ।
यो युद्धको समापनका लागि हालै अमेरिका र रूसको प्रतिनिधिले संवाद गरेका थिए । यो वार्तामा यूक्रेनलाई सहभागि गराइएको थिएन । यो विषयमा ज़ेलेन्स्कीले ट्रंप माथि सवाल खडा गर्दै ट्रम्प गलत सूचनाले घेरिएको दाबी गरेका थिए ।
ट्रम्पले पनि हालैका दिनमा ज़ेलेन्स्की माथि प्रहार गर्दै 'तानाशाह' सम्म भने । रूस र यूक्रेनबीच तीन वर्षदेखि युद्ध भइरहेको छ । शुक्रबारको बैठकमा राष्ट्रपति ट्रम्प र राष्ट्रपति ज़ेलेन्स्कीबीच यूक्रेनकोन दुर्लभ खनिज पदार्थलाई लिएर एक संझौता हुने संभावना थियो । तर ट्रम्प र जेडी वेन्सँगको चर्को बहस पछि ज़ेलेन्स्कीले अब कहिले यो संझौतामा हस्ताक्षर गर्लान् । त्यसका लागि कुर्नैपर्छ ।
विश्व/प्रवास
म्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताचीनको चुम्बकमा अड्कियो अमेरिका
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares