५ वैशाख २०८२, शुक्रबार 18 Apr 2025, Friday

महोत्तरी अदालतकी विवादित न्यायाधीश तानिए सर्वोच्च

द नेप्लिज संवाददाता
१३ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान र बेपत्तासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा विवादित बनेकी महोत्तरी जिल्ला अदालतका न्यायाधीश फणेश्वरी घिमिरलाई सर्वोच्च अदालतमा तानिएको छ । न्यायाधीश घिमिरेको काज सरुवाको पत्र सोमबार साँझ सर्वोच्च अदालतबाट आएको थियो । न्यायाधीश घिमिरे मंगलबार काठमाडौं गइसकेकी छिन् । मुद्दाको नियमित सुनवाइका क्रममा इजलास नम्बर–६ की न्यायाधीश घिमिरे र अदालतका कर्मचारी मृतक झाको घरमा पुगेर कुराकानी गरेपछि विवादमा परेकी हुन् ।

न्याय परिषद्ले सोमबार घिमिरेको इजलासमा रहेको महोत्तरीको पिपरा सहोडवाका मुसाफिर झा र गीतादेवी झा हत्या मुद्दाको मिसिलको प्रमाणित प्रतिलिपि मागेको थियो । हाल थुनामा रहेका मुख्य आरोपी भारतीय नागरिक हरेन्द्र ठाकुर हत्यामा संलग्न भएको प्रमाण नरहेको बताएको सार्वजनिक भएपछि न्यायाधीश घिमिरे विवादित बनिन् । घरमै गएर न्यायाधीशले गरेको संवाद, इजलास नं. ६ मा लगातार ५ पटक पेसी पर्नु, अन्य इजलासमा पेसी पर्दा अभियुक्तहरूका तर्फबाट पेसी सार्ने घटनाक्रमले पनि उनी शंका र विवादको घेरामा परेकी हुन् । 

२०७७ साल फागुन ११ मा पिपरा गाउँपालिका–५ सहोडवाका झा दम्पतीको अपहरणपछि हत्या भएको थियो । चैत १२ मा पिपरा–मटिहानी सडकखण्डमा रहेको कल्भर्टनजिकै बोरामा सडेको अवस्थामा उनीहरुको शव भेटिएको थियो । प्रहरीले हत्यामा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । हत्या आरोपमा पिपरा गाउँपालिका–५ का ७२ वर्षीय तेजनारायण झा, अंशु झा, कैलाश झा, रामबाबु यादव, सुरेन्द्र यादव, रजिन्द्र यादव, तारादेवी झा, बबलु झासहित भारतीय नागरिक मधुबनीको तरैया ग्रामपञ्चायत–२ अंदौलीका हरेन्द्र ठाकुर पक्राउ भए । हत्यामा  आरोपमा पक्राउ परेका ३ जना कैलाश यादव, हरेन्द्र ठाकुर र रामबाबु यादव पुर्वपक्षका लागि थुनामै छन् ।
 

प्रकाशित : १३ फागुन २०८१, मङ्गलबार 17:23
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved