६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

‘राजसंस्थाप्रति बढ्दै गएको जनसमर्थनबाट प्रमुख दलका नेताहरु हतास’

द नेप्लिज संवाददाता
१० चैत २०८१, आइतबार

Advertisement

विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा र बाबुराम भट्टराईले राजा एवं राजसंस्थाबारे दिएका पछिल्ला अभिव्यक्तिहरूलाई उनीहरूको असफलताको प्रमाण भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्रचण्ड, ओली, देउवा र बाबुरामले राजा र राजसंस्थाबारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन लायक पनि छैनन् । ती अभिव्यक्तिहरू उनीहरूको हतास मानसिकताको उपज र असफलताको प्रमाण हुन् ।’

थापाले लोकतन्त्रको आवरणमा भइरहेको भ्रष्टाचार र विदेशमा लुकाइएको सम्पत्तिबाट डराएको आरोप पनि लगाएका छन् । उनले जनभावनाको अनादार नगर्न नेताहरूलाई आग्रह गर्दै थपे, ‘जनभावनाको अनादार नगर्न आग्रह गर्दछु ।’
हालैका दिनहरूमा राजा र राजसंस्थाप्रति जनसमर्थन बढ्दै गएको चर्चा भइरहेका बेला प्रमुख दलका नेताहरूले राजसंस्थाविरोधी धारणा सार्वजनिक रूपमा व्यक्त गरिरहेका छन् । कतिपय नेताले पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवासबाट ’खेद्न’ समेत सकिने अभिव्यक्ति दिएका छन् ।

थापाले यसअघि पनि सामाजिक सञ्जालमा विभिन्न विषयमा धारणा सार्वजनिक गर्दै आएका छन् । उदाहरणका लागि उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अवैध संरचना भत्काउने कदमको प्रशंसा गर्दै ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा, सुन्दर र स्वच्छ बनाउने काठमाडौं महानगरका मेयर साहको प्रयास प्रशंसनीय छ ।’ यसरी थापाले सामाजिक सञ्जालमार्फत विभिन्न समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन्, जसले राष्ट्रिय बहसमा स्थान पाइरहेका छन् ।
 

प्रकाशित : १० चैत २०८१, आइतबार 18:40
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved