विराटनगर– अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) निकायले अध्ययनका लागि आएका विदेशी विद्यार्थीहरूका गतिविधिमा कडा निगरानी थालेको छ । अपराधमा संलग्न, कानुनविपरीत कार्यमा जोडिएका वा सामाजिक सञ्जालमार्फत अमेरिकी नीतिको विरोध गर्ने विद्यार्थीहरूको भिसा खारेज गर्ने प्रक्रिया तीव्र पारिएको छ । यसले नेपाली विद्यार्थीसमेत प्रभावित भएका छन् ।
करिब तीन सयभन्दा बढी विद्यार्थीको भिसा रद्द गरिएको र यसमा नेपाली पनि परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यीमध्ये कतिपयलाई तत्काल अमेरिका छाड्नसमेत भनिएको खबरहरुमा जनाइएको छ । अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले एफ–१, एम–१ र जे–१ भिसामा रहेका विद्यार्थीहरूलाई लक्षित गरेको छ । करिब १५ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सामाजिक सञ्जाल गतिविधिमा उसले निगरानी बढाएको छ ।
सन् २०१८ मा एफ, एम र जे भिसामा आएका नेपालीहरूको ओभरस्टे दर ३८.०४ प्रतिशत रहेको थियो जुन सन् २०१९ मा घटेर १३.४३ प्रतिशतमा झरेको छ । यो दर १० प्रतिशतभन्दा बढी भएकाले नेपाली विद्यार्थीहरूलाई अमेरिका प्रवेश गर्दा अधिकतम दुई वर्षको भिसा मात्र प्रदान गर्ने प्रस्ताव गरिएको छ ।
यसअघि सन् २०२० मा अमेरिकी अध्यागमन निकाय आईसीईले अनलाइन कक्षा मात्र लिने विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्ने निर्णय गरेको थियो । यसले नेपाली विद्यार्थीहरूलाई पनि प्रभावित पारेको थियो ।
अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूलाई अध्ययन अनुमति खारेज वा भिसा रद्द गरिएपछि तत्काल अमेरिका छाड्न निर्देशन दिइएको छ । विद्यार्थीहरूले भिसाको सर्तहरू पालना नगरेमा वा सामाजिक सञ्जालमा अमेरिकी नीतिको विरोधमा सक्रिय भएमा उनीहरूको भिसा खारेज हुने सम्भावना बढेको छ ।
अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूले भिसाको सर्तहरू, सामाजिक सञ्जालमा गतिविधि र कानुनी प्रावधानहरूमा विशेष ध्यान दिनु आवश्यक छ । अध्ययन अनुमति खारेज वा भिसा रद्द हुन नदिन सावधानी अपनाउनु पर्नेछ ।
अमेरिका भित्र विश्वविद्यालय, कलेज, माध्यमिक विद्यालय वा इंग्लिश लाङ्ग्वेज प्रोग्राममा पूरा समय अध्ययन गर्न जानेले एफ–१ भिसा पाउँछन् । यो भिसा भएका विद्यार्थीले अध्ययनसँग सम्बन्धित तालिममा पनि सहभागी हुन पाउँछन् ।
अमेरिका भित्र प्राविधिक वा व्यावसायिक तालिम (जस्तैः मेकानिक्स, कुकिङ, डिजाइन आदि) लिन जाने विद्यार्थीलाई एम–१ भिसा दिइन्छ । यो भिसा भएकाले सीमित समयका लागि मात्र प्राविधिक तालिमपछि तालिम अवधि पाउन सक्छन् । विद्यार्थी, शिक्षक, शोधकर्ता, इण्टर्न लगायत सरकारी वा संस्थागत सांस्कृतिक वा शैक्षिक आदान–प्रदान कार्यक्रम मार्फत अमेरिका जानेलाई जे–१ भिसा दिइन्छ । यो भिसा भएकालाई कार्यक्रम सकिएपछि कम्तीमा २ वर्ष आफ्नो देशमा फर्किनुपर्ने नियम पनि लागू हुन्छ ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares