काठमाडौं — नेपाल पत्रकार महासंघले सञ्चारकर्मी सुरेश रजकको हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । षड्यन्त्रपूर्वक आगजनी गरी कार्यस्थलमै पत्रकार रजकको हत्या गरिएको भन्दै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कारबाही तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन महासंघले माग गरेको छ ।
महासंघको शनिबार बिहान बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले पत्रकार हत्या, मिडियामाथिको आक्रमण र प्रेस स्वतन्त्रतामाथि आक्रमणको विरोधमा आइतबारदेखि तीन दिनसम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
महासंघले घटनाको गम्भीर अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ । आन्दोलन कार्यक्रमअनुसार आइतबार देशभरका पत्रकारले कालोपट्टी बाँधेर विरोध जनाउने छन् । सोमबार महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्रीलाई तथा जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
मंगलबार महासंघले घटनाका विषयमा सम्पादक तथा सरोकारवालासँग विशेष छलफल गर्नेछ । महासंघले पत्रकार रजक कार्यरत सञ्चारगृहलाई उनको परिवारलाई क्षतिपूर्ति, सेवासुविधा भुक्तानी र आवश्यक राहत उपलब्ध गराउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares