विराटनगर –अमेरिकाका विभिन्न सहरहरूमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला कदमहरूविरुद्ध हजारौँ नागरिक सडकमा ओर्लिए । ‘५०५०१’ नाम दिइएका यी प्रदर्शनहरू – जसको अर्थ हो ‘५० प्रदर्शन, ५० राज्य, १ आन्दोलन’ – अमेरिकी स्वतन्त्रता युद्ध सुरु भएको २५० औँ वार्षिकोत्सवसँग मेल खाने गरी आयोजना गरिएको थियो ।
ह्वाइट हाउसदेखि टेस्लाका शोरूमहरूसम्म र धेरै सहरहरूको केन्द्रसम्म प्रदर्शनकारीहरूले आ–आफ्ना असन्तुष्टि व्यक्त गरे । धेरैले गल्तीले एल साल्भाडोर डिपोर्ट गरिएका किल्मार अब्रेगो गार्सियालाई फिर्ता ल्याउन माग गरे ।
अमेरिकामा राजनीतिक प्रदर्शनहरू दिनप्रतिदिन सामान्य बन्दै गइरहेका छन् । अप्रिलको सुरुवातमा आयोजित ‘ह्याण्ड्स अफ’ नामक आन्दोलनमा देशभरिका सहरहरूमा दसौँ हजारले सहभागिता जनाएका थिए ।
ग्या
लपको पछिल्लो सर्वेक्षणअनुसार राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो त्रैमासिक अवधिमा ४५ प्रतिशत जनताको समर्थन रहेको देखिन्छ जुन उनको पहिलो कार्यकालको सोही अवधिको ४१ प्रतिशत समर्थनभन्दा धेरै हो । तर सन् १९५२ देखि २०२० सम्म निर्वाचित भएका राष्ट्रपतिहरूको औसत पहिलो त्रैमासिक समर्थन दर ६० प्रतिशत रहेको सन्दर्भमा यो दर भने कम हो ।
शनिबारको प्रदर्शनमा राष्ट्रपति ट्रम्पका विभिन्न कदमहरूविरुद्ध आवाज उठाइयो जसमा सरकारी खर्च कटौती गर्ने उद्देश्यसहितको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डोज) भन्ने संस्थाले गरेका कामहरू र अब्रेगो गार्सियालाई फर्काउन प्रशासनको अनिच्छा सामेल छन् । जीहाद एलजेन्डीले सीएनएनसँग ह्वाइट हाउसअगाडि आयोजित प्रदर्शनमा सहभागी भएको बताए । उनले भने, ‘ट्रम्पले सजिलै एल साल्भाडोरलाई गार्सियालाई फर्काउन दबाब दिन सक्थे ।’
अमेरिका जनता आक्राशित भए पनि प्रदर्शनहरू प्रायः शान्तिपूर्ण भएको छ । धेरै प्रदर्शनकारीहरूले ‘नो किङ्स (राजा चाहिँदैन)’ लेखिएको बोर्ड बोकेका थिए, जुन अंग्रेज शासनविरुद्ध सुरु गरिएको अमेरिकी क्रान्तिको स्मरण थियो ।
म्यासाचुसेट्समा लेक्सिङ्टन र कन्कर्डका युद्धहरूको सम्झनामा गरिएको वार्षिकोत्सवमा पनि यस्तै बोर्डहरू देखिए । त्यही दिन बस्टनमा पनि ‘५०५०१’ प्रदर्शन भएको थियो ।
थॉमस बासफोर्डले एसोसिएटेड प्रेसलाई भने, ‘अहिले अमेरिकामा स्वतन्त्रताका लागि निकै खतरापूर्ण समय हो ।’ उनी आफ्नो जीवनसाथी, छोरी र दुई नातिहरूसँग बस्टनमा थिए । ‘म चाहन्थें नातिहरूले देशको उत्पत्तिको बारेमा सिकून् र कहिलेकाहीँ स्वतन्त्रताका लागि लड्नुपर्ने हुन्छ भन्ने बुझून्,’उनले भने ।
ट्रम्पको लोकप्रियता विशेष गरी अर्थतन्त्रसम्बन्धी विषयमा घट्दो देखिन्छ । जनवरीमा कार्यभार सम्हाल्दा उनको समर्थन दर ग्यालप अनुसार ४७ प्रतिशत थियो । रॉयटर्स÷इप्सोसको पछिल्लो सर्वेक्षणअनुसार त्यो दर हाल ४३ प्रतिशतमा झरेको छ । सोही सर्वेक्षणमा अर्थतन्त्रसम्बन्धी प्रदर्शनमा उनको समर्थन दर ३७ प्रतिशत मात्र थियो, जुन जनवरीको ४२ प्रतिशतभन्दा कम हो ।
यस महिनाको सुरुमा, राष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि सबैभन्दा ठूलो राष्ट्रव्यापी विरोध प्रदर्शन भएको थियो । ती विरोध प्रदर्शन शनिबारको भन्दा ठूलो थिए र ५० वटै राज्यका १ हजार २ सय स्थानहरूमा सम्पन्न भएका थिए।
विश्व/प्रवास
पुटिनद्वारा अस्थायी युद्धविराम घोषणा, युक्रेनद्वारा अविश्वास, दुवैलाई नियाल्दै ट्रम्प
द नेप्लिज संवाददाता‘पुटिनको युद्धविरामको घोषणापछि पनि युक्रेनमा आक्रमण’
द नेप्लिज संवाददातापोप फ्रान्सिसको निधन, भ्याटिकनले जनायो गहिरो शोक
द नेप्लिज संवाददाताससुराली भारतमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स
द नेप्लिज संवाददाताजम्मू–कश्मिरको पहलगाममा आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares