काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा छ भने बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ २५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा कायम गरिएको छ।
स्वीस फ्र्यांकको खरिददर १६४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७१ पैसा, अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा, तथा क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा तोकिएको छ।
सिंगापुर डलर १०३ रुपैयाँ ९२ पैसा खरिददर र १०४ रुपैयाँ ३८ पैसा बिक्रीदरमा कायम भएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा छ।
खाडी मुलुकहरूमध्ये साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, र यूएई दिरामको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा तोकिएको छ।
त्यस्तै, थाई भाटको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, मलेसियन रिंगेटको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ। दक्षिण कोरियन वन सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा छ।
स्विडिस क्रोनरको खरिददर १४ रुपैयाँ १२ पैसा, डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ७६ पैसा, हङकङ डलरको खरिददर १७ रुपैयाँ ५५ पैसा तथा कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।
बहराइन दिनारको खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७१ पैसा तथा ओमनी रियालको खरिददर ३५३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा रहेको छ।
भारतीय मुद्रा १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जानकारी दिएको छ।
– रासस
अर्थ/वाणिज्य
३० हजार औद्योगिक प्रतिष्ठानको अनुगमन नियमनको जिम्मा १४ जना कर्मचारीलाई !
द नेप्लिज संवाददातालगानी सम्मेलनलाई लक्षित गरी अध्यादेशमार्फत कोशी सरकारले गरे आठ वटा ऐन संशोधन
द नेप्लिज संवाददाताअब सुन खरिदको सिफारिसमा शुल्क लिन नपाइने : राष्ट्र बैंकको कडाइ
द नेप्लिज संवाददाताबाध्यात्मक ‘१०० श्रमिक’ प्रावधान हट्यो, वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन
विदेश पठाउने बहानामा ३० लाख ठगी, दुई दलाल काठमाडौँमा पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares