२१ वैशाख २०८२, आइतबार 04 May 2025, Sunday

गोवाको मन्दिरमा भागदौड, ६ जनाको मृत्यु, १५ घाइते

द नेप्लिज संवाददाता
२० वैशाख २०८२, शनिबार

Advertisement

विराटनगर — भारतको गोवास्थित एक धार्मिक कार्यक्रममा शनिबार बिहान भागदौड हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

उत्तरी गोवाको शिरगाउँमा रहेको श्री लेराई देवी मन्दिरमा भएको धार्मिक उत्सवका क्रममा भागदौड मच्चिँदा उक्त दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मापुसास्थित उत्तरी गोवा जिल्ला अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझेका छन्।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजनहरू उक्त मन्दिरमा पूजाआजा गर्न आएका थिए। भागदौड कसरी सुरु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले घटनालाई प्रमुखताका साथ प्रकाशन गरेका छन्।
 

प्रकाशित : २० वैशाख २०८२, शनिबार 10:05
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved