२१ वैशाख २०८२, आइतबार 04 May 2025, Sunday

विश्वव्यापी बाल यौन शोषण सञ्जालमा नेपालीको संलग्नता, आजीवन कारावासको सम्भावना

द नेप्लिज संवाददाता
२० वैशाख २०८२, शनिबार

Advertisement

विराटनगर — विश्वव्यापी बाल यौन शोषण सञ्जाल सञ्चालन गरेको आरोपमा एक नेपाली युवा अमेरिकामा पक्राउ परेका छन्। उत्तर क्यारोलिना राज्य निवासी २० वर्षीय प्रशन नेपाललाई अनलाइनमार्फत बाल यौन शोषणमा संलग्न रहेको प्रमाण भेटिए पछि गत साता अमेरिकाको फेडरल अनुसन्धान निकायले पक्राउ गरेको हो।

अमेरिकाको ’युनाइटेड स्टेट्स डिस्ट्रिक्ट कोर्ट, डिस्ट्रिक अफ कोलम्बिया’ मा प्रशनविरुद्ध मुद्दा दायर गरिएको छ। प्रारम्भमा उत्तर क्यारोलिनाबाट अघि बढाइएको मुद्दा पछि वाशिङ्टन डीसी स्थानान्तरण गरिएको हो। मुद्दा अनुसार नेपालले ‘७६४’ नामक इनक्रिप्टेड सञ्जालमार्फत अनलाइन बाल यौन शोषण सञ्जाल सञ्चालन गर्दै आएका थिए। सो सञ्जालमा उनले एउटा मुख्य उपसमूहको नेतृत्वसमेत गरिरहेको अभियोगपत्रमा उल्लेख छ।

नेपालसँगै २१ वर्षीय लियोनिडास वारागियानिस नामका अर्का अभियुक्त पनि पक्राउ परेका छन्। वारागियानिस कुन देशका नागरिक हुन् भन्ने खुलाइएको छैन। अमेरिकी न्याय विभाग (डिपार्टमेन्ट अफ जस्टिस) का अनुसार अभियोग प्रमाणित भएमा उनीहरूलाई आजीवन कारावास सजाय हुन सक्छ।

प्रत्येक अभिभावकको लागि दुःस्वप्न बन्न सक्ने यस्ता अपराधले आठ जना नाबालिगहरूलाई अनलाइनमार्फत धम्की दिइ अश्लील सामग्री उत्पादन गर्न बाध्य पारिएको अमेरिकी सरकारी वकिल एडवर्ड आर. मार्टिन जुनियरले बताएका छन्। ‘यी अभियोगहरू अत्यन्त विचलित पार्ने खालका छन्,’ उनले अमेरिकी सञ्चारमाध्यमहरूसँग भने।

प्रहरी अनुसन्धान अनुसार अभियुक्तहरूले इनक्रिप्टेड मेसेजिङ एपहरू प्रयोग गरेर सञ्जाल सञ्चालन गरेका थिए। बाल यौन दुव्र्यवहारका सामग्री उत्पादन र वितरणमा उनीहरूको सक्रिय संलग्नता देखिएको छ। मंगलबार, अदालतमा भएको सुनुवाइमा प्रशन नेपालले आफैंले ‘७६४’ नेटवर्क सिर्जना गरेको र अझै पनि त्यसको नियन्त्रणमा रहेको स्वीकारेका छन्। अदालतमा उनका आमा, बुबा, एक दिदी र कान्छा भाइ पनि उपस्थित थिए।

यसअघि पनि अमेरिकामा यौन अपराधमा नेपाली संलग्नता देखिएको छ। मार्च ३ मा मिनेसोटा राज्यको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत १९ वर्षीय सुजन तामाङ र २० वर्षीय दीपक फुयाँललाई एक महिला विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो। घटनामा उनीहरूले पीडितलाई छात्रावासको कोठामा लगेपछि बलात्कार गरेको उजुरी दर्ता भएको थियो।
 

प्रकाशित : २० वैशाख २०८२, शनिबार 09:41
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved