विराटनगर– कोशी प्रदेश सरकारले मुलुकमा पहिलो पटक प्रदेश लगानी सम्मेलन आउँदो बैसाख १८ र १९ गते गर्न लागेको छ । कोशी प्रदेश लगानी सम्मेलनको सचिवालयले बुधबार पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
सचिवालयका संयोजक पवनकुमार तिम्सिनाले लगानी सम्मेलनमा ७ वटा क्षेत्रका ५४ वटा परियोजना लगानीकर्त्ताहरुका लागि ‘शोकेसिङ’ गर्ने तयारी गरिएको बताएका छन् । लगानी सम्मेलनमार्फत उक्त ५४ वटा परियोजना १ खर्ब ३९ अर्ब ३० करोड ५२ लाखको लागतमा सार्वजनिक निजी साझेदारीमा निर्माण गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पूँजी निर्माण गर्ने प्रदेश सरकारको तयारी छ ।
प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले पर्यटन, पूर्वाधार, कृषि, उद्योग, उर्जा, सूचना प्रविधि, फोहोर मैला व्यवस्थापन गरी ७ वटा क्षेत्रका ५४ परियोजना लगानी सम्मेलनमा ‘शोकेसिङ’ गर्ने तयारी रहेको बताएका छन् । उनले थप ३१ अर्ब २ करोडका १५ वटा परियोजना तयार गर्ने काम भइरहेको बताएका हुन् ।
‘लगानी सम्मेलनको पहिलो दिन उद्घाटन भएपछि दुई चरणको प्रदेशको समग्र अवस्थितिको बारेमा लगानीकर्त्ताहरुलाई साक्षात्कार गराउने छौँ,’ उनले भने, ‘दोस्रो दिन ३ वटा शेसनमा परियोजनाहरुको बारेमा लगानीकरत्र्ताहरुलाई सम्पूर्ण जानकारी गराउने र अन्त्यमा लगानी गर्न इच्छुक लगानीकर्त्तासँग समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।’ उनले तयारी अवस्थामा रहेको ५४ वटा परियोजनामध्ये अधिकांश परियोजनामा लगानी जुटाउन लगानीकर्त्ताहरुसँग निरन्तर छलफल भइरहेकोले न्यूनतम १ अर्बको सम्झदारी पत्रमा हस्ताक्षर गर्ने लगानी सम्मेलनको लक्ष्य रहेको जानकारी दिए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई लगानीमैत्री बनाउनका लागि कानूनी तथा नीतिगत सुधारको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । उनले प्रदेश सरकारबाट गर्नुपर्ने र संघीय सरकारबाट गर्नुपर्ने कानुनी तथा नीतिगत सुधारको कार्ययोजना तयारी गरेर तत्काल सुधारका प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको बताए ।
अर्थ/वाणिज्य
२३ वर्षदेखि भिजिट भिसाको ओडारमा महिला तस्करी, सबै गृहमन्त्रीको संलग्नता शंकाको घेरामा
द नेप्लिज संवाददातातुलसी सहकारी घोटाला : अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड बिगो र जरिवाना
द नेप्लिज संवाददातापतञ्जलीले विदेशबाट ल्याएको अरबौंको रकम शंकास्पद, स्रोत र खर्चको प्रमाण नभेटिएको अख्तियारको दाबी
अमेरिकी डलरको बिक्रीदर १३७.५७ रुपैयाँ
पुराना चेक बाउन्स मुद्दामा पनि अब बिगोको मात्र ५ प्रतिशत जरिवानाः सर्वोच्चको ऐतिहासिक आदेश
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares