विराटनगर– नेकपा एमाले मोरङको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिको पार्टीका उपाध्यक्ष गुरु वरालले पार्टी कार्यालय पाञ्चालीमा शनिवार सपथ ग्रहण गराइ पदस्थापना गराएका छन् । निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले पार्टी कार्यालय पाञ्चालीमा औपचारिक रुपमा मत परिणाम घोषणा गरेपछि उनले सपथ ग्रहण गराएका हुन् ।
पदस्थापना कार्यक्रम विशुद्ध कम्यूनिष्ट शैलीमा सम्पन्न गरिएको छ । यसअघि मञ्च, बडेमानको शोफा, गाजाबाजासहित तामझामका साथ पदस्थापना गर्ने परिपाटीलाई तोड्दै नवनिर्वाचित जिल्ला अध्यक्ष अजम्बर राईले पार्टी कार्यालयमा रहेको स्रोत सामग्रीको उपयोग गरेर सामान्य तवरले कार्यक्रमको आयोजना गरी पदभार ग्रहण गरेका छन् । कार्यक्रममा चिया पानीको समेत कुनै व्यवस्था गरिएको थिएन ।
पदस्थापना कार्यक्रममा अध्यक्ष राईले पार्टीको हरेक तहका नेता, कार्यकर्ता, शुभचिन्तकको साथ सहयोगका साथै पार्टीको नीति तथा कार्यक्रम र निर्देशनलाई अनुशरण गर्दै पार्टीलाई अगाडि बढाउने घोषणा गरेका हुन् । ‘जिल्ला अधिवेशनका क्रममा एकआपसमा मन दुखेको, मन फाटेको हुन सक्ने भएकोले त्यसमा मल्हम लगाउँदै एकआपसमा सहकार्य गरेर पार्टीलाई अघि बढाउँछु,’ उनले भने, ‘पार्टीको सबै तहका नेताहरु, पूर्वजिल्ला कार्यसमिति, शुभचिन्तक, जनप्रतिनिधिलगायतसँग सहकार्य गरेर पार्टीको जरा अभियानलाई पूरा गर्छौं ।’ अध्यक्ष राईले सबैको साथ सहयोग लिँदै पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
अध्यक्ष राईसँगै उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तावा र उषा झालगायत सदस्यहरु निर्वाचित भएका छन् । पार्टीको संस्थापन प्यानललाई पराजित गर्दै इत्तर पक्ष प्यानलै निर्वाचित भएका छन् ।
तस्बिर कथा
युवा पलायनको असर विराट गोल्डकपमा, दर्शकको उपस्थिति न्यून (तस्बिरहरु)
द नेप्लिज संवाददातातराई–मधेसमा होली उत्साह (तस्बिरहरु र भिडियो)
द नेप्लिज संवाददाताढाका महोत्सवमा फेसन सो ‘ढाका रन्वे’ (तस्विरहरु)
द नेप्लिज संवाददाताइस्लाम धर्मावलम्बीहरुले इद पर्व मनाउँदै (तस्बिरहरु)
द नेप्लिज संवाददाताजुम्ला दर्शन !
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares