विराटनगर— विदेशस्थित १२ वटा नेपाली नियोगले एक आर्थिक वर्षमा असुल भएको ७२ करोड २९ लाख ६० हजार रुपैयाँ राजस्व सरकारको खातामा नराखेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको छ।बुधबार सार्वजनिक भएको ६२औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ का गतिविधि समेट्दै महालेखा कार्यालयले नियोगहरूको उक्त लापरवाही औंल्याएको हो।
कानुन अनुसार तुरुन्त दाखिला गर्नुपर्ने रकम रोकिने प्रवृत्ति
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५८(१) अनुसार नेपाल सरकारलाई प्राप्त हुने सबै राजस्व तोकिएको खातामा समयमै जम्मा गर्नु अनिवार्य हुन्छ। तर, प्रतिवेदनअनुसार विदेशस्थित ३९ नियोगमार्फत संकलित पाँच अर्ब ६३ करोड ९४ लाख २४ हजार रुपैयाँमध्ये चार अर्ब सात करोड ७६ लाख ८१ हजार रुपैयाँमात्र निकासाबाट कट्टी गरिएको थियो। बाँकी एक अर्ब ५६ करोड १७ लाख ४३ हजार रुपैयाँमध्ये १२ नियोगले अझै ७२ करोडभन्दा बढी रकम सरकारको राजस्व खातामा दाखिला नगरेको पाइएको छ।महालेखा कार्यालयले यो रकम तत्काल सञ्चित कोषमा दाखिला गर्नुपर्ने सुझाव दिएको छ।
एक आर्थिक वर्षभित्रै दाखिला गर्नुपर्ने व्यवस्था
महालेखाका अनुसार नियोगहरूले आफ्नो कार्यक्षेत्रमा संकलन भएको राजस्व सम्बन्धित आर्थिक वर्षभित्रै सरकारको सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ। तर नियोगहरूले त्यसविपरीत ढिलासुस्ती गर्नाले सरकारी राजस्व प्रणालीमै प्रश्न उठ्ने अवस्था देखिएको छ।
#महालेखापरीक्षक
अर्थ/वाणिज्य
डलरको भाउ फेरि बढ्यो
द नेप्लिज संवाददाता२३ वर्षदेखि भिजिट भिसाको ओडारमा महिला तस्करी, सबै गृहमन्त्रीको संलग्नता शंकाको घेरामा
द नेप्लिज संवाददातातुलसी सहकारी घोटाला : अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड बिगो र जरिवाना
द नेप्लिज संवाददातापतञ्जलीले विदेशबाट ल्याएको अरबौंको रकम शंकास्पद, स्रोत र खर्चको प्रमाण नभेटिएको अख्तियारको दाबी
अमेरिकी डलरको बिक्रीदर १३७.५७ रुपैयाँ
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares