काठमाडौँ– न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा बुधवार कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको मात्रै पेसी तोकिएको छ । उक्त इजलासमा मंगलबारदेखि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा सुनुवाइ सुरु भएको हो ।
उक्त इजलासमा मंगलबार ४२ वटा मुद्दाको पेसी तोकिएको थियो । यीमध्ये २ रिटमाथिको सुनुवाइलाई प्राथमिकतामा राखी इजलासले ३४ मुद्दाका रिटमाथिको पेसी ‘हेर्न नभ्याइने’ मा पठाएको छ । बाँकी ६ वटा रिट हेर्न नमिल्नेमा परेका थिए ।
घिसिङ र हितेन्द्रदेव शाक्यको रिट बुधबार पनि हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ ।
मंगलबार कुलमान पक्षको सुनुवाइ सकेर हेर्दाहेर्दैमा परेकोमा बुधबार पनि हेर्दा हेर्दैमा राखिएको छ । बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा बिहीबारका लागि पेसी तोकिएको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares