२१ जेठ २०८२, बुधबार 04 Jun 2025, Wednesday

कोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदै

द नेप्लिज संवाददाता
४ जेठ २०८२, आइतबार

Advertisement

विराटनगर– कोशी प्रदेशसभाको सातौं तथा बजेट अधिवेशन आइतबार दिउँसो २ बजेबाट प्रदेशसभामा सुरु हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले संविधानको धारा १८३ को उपधार (१) अनुसार आइतबार दिउँसो २ बजे प्रदेशसभाहल विराटनगरमा आह्वान गरेका छन् । 

सभामुख अम्बर बहादुर विष्टले प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम (१) बमोजिम प्रदेशसभाको सातौँ अधिवेशन आह्वानको सूचना प्रदेशसभा सदस्यहरुका लागि प्रदेशसभा सचिव गौतम राज आमात्यले सार्वजनिक सूचना जारी गरेका हुन् । 

प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकको कार्यसूची प्रदेशसभा सचिव आमात्यले सार्वजनिक गरेका छन् । प्रदेशसभाको आइतबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरुको वाचन, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ प्रदेशसभामा टेबल गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा राख्ने कार्यसुची रहेको प्रदेशसभा सचिव आमात्यले जनाएका हुन् ।  

प्रदेश सरकारले पहिलो लगानी सम्मेलन आयोजना गर्ने क्रममा प्रदेशमा लगानीमैत्री वातावारण बनाउन अध्यादेशमार्फत ८ वटा ऐन संशोधन गरेको थियो । उक्त अध्यादेश आज प्रदेशसभामा टेबल गर्नैपर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित : ४ जेठ २०८२, आइतबार 08:20
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved