विराटनगर– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पाथीभरा देवीको दर्शनका लागि मंगलबार ताप्लेजुङ पुगेका छन्। सदरमुकाम फुङलिङस्थित मेवाखोला हिल रिसोर्टमा उनले मिक्वाखोला गाउँपालिकाका पदाधिकारीहरूसँग भेटवार्ता गरेका छन्।
राजदूत श्रीवास्तव र मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डण्डु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत विमल गौतमसहितको टोलीबीच फुङलिङमा भेटघाट भएको हो। भेटका क्रममा मिक्वाखोला गाउँपालिका–४ साँवामा भारतीय दूतावासको आर्थिक सहयोगमा बन्ने भवनसम्बन्धी विषयमा छलफल भएको अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिए।
उक्त परियोजनाका लागि भारतले चार करोड रुपैयाँ विनियोजन गरिसकेको छ। गाउँपालिका–१ खोक्लिङका लागि समेत प्रस्ताव गरिएको उनले बताए।पालिका अध्यक्ष कार्कीले राजदूत श्रीवास्तवलाई मायाको चिनो समेत प्रदान गरेका थिए।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राजदूत श्रीवास्तवले माथिल्लो फेदीमा मंगलबार राति बसेर बुधबार पाथीभरा मन्दिरको दर्शन गर्ने प्रारम्भिक कार्यक्रम तय भएको थियो। तर ढिलो फुङलिङ आइपुगेकाले मंगलबारको रात त्यहीँ बस्ने निर्णय भएको प्रशासन स्रोतले जनाएको छ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares