६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

टियु केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी

द नेप्लिज संवाददाता
१८ चैत २०८१, सोमबार

Advertisement

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (टियु) केन्द्रीय क्याम्पसमा सोमबार भएको निर्वाचनमा स्ववियु सभापतिमा नेविसंघका दीपराज जोशी निर्वाचित भएका छन् । उनले अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई पराजित गरेका हुन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष डुजान शेर्पाका अनुसार जोशीले प्रतिस्पर्धीलाई ८ मतले पराजित गरेका थिए । जोशीले ७८९ मत ल्याउँदा अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ र अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत प्राप्त गरे । निर्वाचतमा ३ हजार १ सय १८ मत खसेको थियो।

सभापतिबाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएको टियु प्रशासनले जानकारी दिएको छ ।
 

प्रकाशित : १८ चैत २०८१, सोमबार 21:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved