६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

कोशी प्रदेशमा आगोलागी नियन्त्रण र उद्दार तालिम

द नेप्लिज संवाददाता
१३ चैत २०८१, बुधबार

Advertisement

विराटनगर– कोशी प्रदेश कार्यालय विराटनगरको नेतृत्वमा आगोलागी नियन्त्रण र उद्दारसम्बन्धी तालिमको सुुरु भएको छ ।  साता व्यापी तालिममा  ५० प्रहरी कर्मचारीहरूले अग्नि नियन्त्रणका सैद्धान्तिक र प्रयोगात्मक अभ्यासको माध्यमबाट आगलागीको घटनामा मानव र भौतिक क्षति न्यूनिकरणका लागि आवश्यक श्रोत र साधनको परिचालनका बारेमा प्रशिक्षण लिनेछन् ।

शुभारम्भ कार्यक्रममा तालिम संयोजक डीएसपी सुवास भट्टाराईले आगलागीलाई मानव जीवनको सबैभन्दा कठिन विपत्ति भएकाले यसको घटनामा तात्कालिक उद्धार कार्य निकै चुनौतीपूर्ण हुने बताए । 

उनले थपे, ‘प्रहरी कर्मचारीहरूको शारीरिक र मानसिक तयारीका लागि तालिमको आयोजन गरिएको हो, जसले उद्धार कार्यलाई प्रभावकारी बनाउन मद्दत पुर्याउने छ ।’ तालिमका सहभागीलाई प्रयोगात्मक ज्ञानमा दक्ष बनाउने उद्देश्यले विभिन्न उद्धार कार्य र आगलागीको नियन्त्रणका उपायहरू प्रस्तुत गरिनेछ ।
 

प्रकाशित : १३ चैत २०८१, बुधबार 16:35
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved