कूटनीति र पर्यटनको संगम
विराटनगर – नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा नेपालस्थित विभिन्न देशका राजदूत र अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्याममा रमाइरहेका छन् । परराष्ट्र मन्त्रालयको पहलमा आइतबार इलामको कन्याममा आयोजित विशेष रिट्रिट कार्यक्रममा उनीहरूले चियाबारीको सुन्दरता अवलोकन मात्र गरेनन्, घोडामा चढेर कन्यामको परिक्रमा समेत गरे ।
परराष्ट्र मन्त्रालय, नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिकाको सहआयोजनामा भएको यो कार्यक्रम नेपालमा कार्यरत विदेशी कूटनीतिज्ञहरूको सहभागितामा आयोजना गरिएको हो । कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत तथा दूतावास प्रतिनिधिहरू सहभागी थिए ।
उनीहरूलाई विभिन्न जातजातिको सांस्कृतिक पहिरनमा सजाइएको थियो जसले स्थानीय विविधताको झलक दिने उद्देश्य राखिएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको पर्यटन प्रवद्र्धन, क्षेत्रीय विविधता र स्थानीय विशेषतालाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउन कन्यामलाई रोजिएको हो । दुईदिने यो कार्यक्रम चैत ३१ र वैशाख १ सम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, परराष्ट्र सचिव अमृत बहादुर राई र मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकसहित उच्च अधिकारीहरू सहभागी छन् । कन्यामको हरियाली चियाबारी, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैलीको साक्षात् अनुभूति गराउन विदेशी कूटनीतिज्ञलाई आमन्त्रण गरिएको यो कार्यक्रमले नेपालको ‘पब्लिक डिप्लोमेसी’ (जन कूटनीति) लाई सशक्त बनाउने मन्त्रालयको विश्वास छ ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares