विराटनगर– मोरङको बुढीगंगा गाउँपालिकाले अत्याधुनिक सुबिधा सम्पन्न पार्क तथा पिक्निक स्थलको निर्माण सुरु गरेको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गाउँपालिकाको गौरबको आयोजनाअन्तर्गत उक्त पार्क तथा पिक्निक स्थलको बिहीबार सिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
कोइरालाले १९ करोडको गुरुयोजना भएको यो पार्क तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका छन् । उनले गाउँपालिकाको समग्र विकासका लागि गाउँपालिकालाई आफ्नो पूरा साथ र सहयोग रहेकोले अब विदेशी पर्यटक भित्र्याउन थारु महिलाहरुले होमस्टे सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । ‘शिक्षा, स्वाथ्य, भौतिक पूर्वाधार, उद्योगधन्धामा अगाडि रहेको यो गाउँपालिकामा समानता ल्याउन महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बन्नु अपरिहार्य छ,’ उनले भने, ‘यो गाउँपालिकाका महिलाहरु होमस्टे सञ्चालन गर्न तयार हुनुभयो भने मुलुकको उत्कृष्ट होमस्टेहरुको भर्मण गराएर होमस्टे चलाउने ज्ञान प्राप्तीमा साथ र सहयोग गर्न तयार छु ।’
गाउँपालिकाले १९ करोडको गुरु योजना बनाएर सिंघीया खोला किनारमा उक्त पार्क तथा पिक्निक स्थल निर्माणका लागि चालू आर्थिक वर्षमा विनियोजन गरेको २ करोड ५० लाख बजेटको टेण्डर गरेर निर्माण कार्य शुभारम्भ गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिब न्यौपानेले विनियोजित बजेटको टेण्डर गर्दा ठेक्केदारले १ करोड ७१ लाखमा ठेक्का सम्झौता गरेको जानकारी दिए । सिंघीया नदीको उकास जग्गा र नरग्राम माध्यमिक विद्यालयको १९ कठ्ठा जग्गा गरी पौने ४ विघामा पार्क निर्माण हुने उनले बताएका हुन् ।
गाउँपालिका अध्यक्ष जीतनारायण थापाले आविद–ठाकुर–एस एण्ड एस जेभी इनरुवाले गत फाल्गुन १५ गते गरेको ठेक्का सम्झौता अनुसार २०८२ मंसिर ३० गतेभित्र निर्माण काम सम्पन्न गर्नुपर्ने समय दिइएको बताएका छन् । ‘गुरुयोजना १९ करोडको भए पनि वर्षेनी विनियोजित बजेटबाट निर्मित भौतिक संरचनाले पार्क सञ्चालन हुने गरी कामको प्राथमिकता क्रम निर्धारण गरेर ठेक्का सम्झौता गरेको छु,’ उनले भने, ‘यो पहिलो ठेक्काअन्तर्गत पर्खाल निर्माण गरी घेराबेरा, सात वटा सटर, क्यान्टिन, वाटर फाउण्टेन पार्क र ५ वटा कटेज निर्माण गरेर ढिलोमा २०८३ सालको नयाँ वर्षबाट पार्क सञ्चालन गर्ने योजना छ ।’
अध्यक्ष थापाले पार्क निर्माणमा प्रदेश र संघीय सरकारलाई सघाउन आह्वान गरेको छ । उनले प्रदेश र संघीय सरकारले पार्क निर्माणमा सघाउने आश्वासन दिएकोले निर्माण कार्य सुरु गरेको बताए । यो पार्क निर्माण भएसँगै बुढीगंगा गाउँपालिकाले पर्यटन व्यवसायमासमेत फड्को मार्ने विश्वास व्यक्त गरे ।
अर्थ/वाणिज्य
राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
द नेप्लिज संवाददाताराष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा, सत्ता साझेदारबीच सहमति
द नेप्लिज संवाददातादेशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares