विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीकाे पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले जेठ १५ गतेकाे बारेमा बाेलेकाे विषयमा छलफल हुन्छ साेचेकाे त मेराेबारे छलफल भएछ, खुसी लागेकाे बताएका छन् ।
जीपी काेइराला लेबर फाउण्डेशन नेपालले मंगलबार विराटनगरमा आयाेजना गरेकाे लैङ्गिक समानता विषयक प्रशिक्षण कार्यक्रममा काेइरालाले पदाधिकारी बैठककाे छलफलले पार्टी कहाँ पुगेकाे देखिएकाे बताएका हुन् । ´हामी एक ढिक्का भएर अघि बढ्नु पर्नेमा एकअर्काकाे विराेधमा खुचिङ्ग भनेर रमाइ रहेका छाैं,` उनले भने, ´हामीलाई देशकाे सबभन्दा शक्तिशाली र संगठित पार्टी विरूद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा एकअर्कामाे विराेध गरेर रमाइरहेकाे पार्टीकाे अवस्था छ । यसकाे विरूद्धमा पनि एकजुट हुनु आवश्यक छ ।`
काेइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति अनुसार जेठ १५ गते निरंकुशताकाे सुरुवात हुने बताएका छन् । जेठ १५ गते काठमाडाैं एमालेकाे नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका हुन् । जेठ १५ गते राजावादीहरूले काठमाडाैंमा आन्दाेलनकाे घाेषणा गरेका छन् ।
´देश भ्रष्टाचारले गाँजिसकिएकाे र नीतिगत भ्रष्टाचारमा नेताहरूकाे आफ्ना नजिकका कर्मचारी छ भने जाेगाउने र नभए फसाइ दिने तर मन्त्री, प्रधानमन्त्री नफस्ने अवस्थाबाट देश गुजरीरहेकाे छ,` उनले भने, ´भ्रष्टाचारले गाँजिएर देश ग्रेलिष्टमा फसिसकेकाे छ । दण्डहिनता, बेराेजगारी व्याप्त छ ।`
काेइरालाले ट्रेड यूनियनकाे अधिकार संसारभरि कटाैति भइरहेकाे र हाम्राे देशमा पनि शिक्षा क्षेत्रमा कटाैति भएर निजामति सेवामा कटाैति गर्ने बारे बहस चलिरहेकाे बताएका छन् । ´श्रम आयाेग बनाउन नेताहरू काेहीपनि तयार छैनन्, कांग्रेस, माओवादी र एमाले पनि तयार छैनन्,` काेइरालाले भने, ´समान कामका लागि समान ज्याला भन्दै आएकाे तर समान काम गर्ने महिलालाई किन कम ज्याला भन्ने बुझेका छैनाै, त्याे हुनुपर्छ ।`
ट्रेड यूनियनबाट पार्टीमा प्रतिनिधित्व हुनुपर्ने काेइरालाकाे भनाइ थियाे । उनले यसले श्रमिककाे पक्षमा, राेजगारीकाे पक्षमा पार्टिगतबाट पनि केही हुने विश्वास व्यक्त गरेका हुन् । मुलुकमा लैङ्गिक समानता संविधानमा नै उल्लेख गरिएकाेले कार्यान्वयन गर्ने बाध्य भए पनि व्यवहारमा लागू हुन नसकेकाेप्रति काेइरालाले चिन्ता व्यक्त गरेका थिए ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares